Comments Add Comment

कोलम्बिया भर्सेस पोल्याण्डः कमजोर बनेका दुई दाबेदारको भेट

काठमाडौं । विश्वकप समूह ‘एच’ मा बलियो मानिएका कोलम्बिया र पोल्याण्ड पहिलो खेलमा पराजित भए । यसैले अघिल्लो रचणको सम्भावना बनाइराख्न आइतबार राति पौने १२ बजे हुने कोलम्बिया र पोल्याण्डबीचको खेल महत्वपूर्ण बनेको छ ।

पहिलो खेलमा कोलम्बिया जापानसँग र पोल्याण्ड सेनेगलसँग पराजित भएका थिए । आइतबार सुरुवाति चरणबाटै आक्रामक खेल्न कोलम्बियाले जेम्स रोडि्रगेजलाई पहिलो हाफमै मैदान उतार्ने भएको छ । पूर्ण फिट नरहेका उनी जापानसँगको खेलमा दोस्रो हाफपछि मात्रै मैदान छिरेका थिए ।

यस्तै पोल्याण्डको पहिलो खेलमा दोस्रो हाफमा मात्रै खेलेका डेविड क्वानाकी कोलम्बियाविरुद्ध पहिलो हाफमै आउने भएका छन् ।

विश्वकपमा पोल्याण्ड र कोलम्बियाबीच हुन लागेको यो पहिलो खेल हो । यसअघि सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा कोलम्बिया २-१ ले विजयी भएको थियो ।

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । यसपटक पनि त्यो सामाथ्र्य कोलम्बियन टिममा देखिन्छ ।

सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैठौँ विश्वकप हो । कोलम्बियाले त्यसपछि सन् १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको छ ।

गएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग २-१ ले हारेको कोलम्बिया यो विश्वकपमा आˆनो प्रभाव बढाउन सक्षम छ ।

अघिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता जेम्स रोडि्रगेज अहिले मसलमा समस्या भएका कारण रेखदेखमा भएकाले टिम समस्यामा छ । पहिलो खेलमा दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेका उनी पोल्याण्डविरुद्ध लयमा र्फकने विश्वास गरिएको छ ।

कोलम्बियाले विश्वकपमा खेलेका ७ खेल जितेको छ । २ खेल बराबरी गरेको छ । १० खेल हारेको छ । जसमा २७ गोल गरेको कोलम्बियाले २८ गोल खाएको छ ।

रसिया विश्वकप छनोटमा कोलम्बियाले ७ खेल जितेको थियो । ६ खेल बराबरी गरेको थियो भने ५ खेल हारेको थियो । जसमा २१ गोल गरेको कोलम्बियाले १९ गोल खाएको थियो ।

उता पोल्याण्ड विशेष गरी कप्तान रोबर्ट लेवान्डोस्कीका विशेष चर्चामा छ । उनले विश्वकप छनोटको समूह चरणमा १० खेलमा १६ गोल गरेका थिए । जसमा पोल्याण्डको पूरा टिमले २८ गोल गरेको थियो ।

बुण्डेसलिगा क्लब बार्यन म्युनिखबाट खेल्ने उनले गएको सिजन लिगमा २९ गोल गरे भने समग्रमा सबै प्रतियोगितामा गरेर ४१ गोल गरे ।

फिफा वरियतामा आठौँ स्थानमा रहेको पोल्याण्डले यसअघि सात वटा विश्वकप खेलिसकेको छ ।

सन् १९३८ मा पहिलोपटक विश्वकप खेलेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेस्रो भएको थियो । सन् १९८६ मा अन्तिम १६ मा पुगेको पोल्याण्ड तीन पटक समूह चरणबाटै बाहिरिएको थियो ।

पोल्याण्डले पछिल्लो पटक सन् २००२ र २००६ मा विश्वकप खेलेको थियो । दुवै समय समूह चरणबाटै बाहिरिएको पोल्याण्ड १२ वर्षपछि नयाँ आशामा छ ।

विश्वकपमा पोल्याण्डले अहिलेसम्म १५ खेल जितेको छ । ५ खेल बराबरी गरेको छ । १२ खेल हारेको छ । जसमा ४५ गोल गरेको पोल्याण्डले ४२ गोल खाएको छ ।

रसिया विश्वकप छनोटमा पोल्याण्डले ८ खेल जितेको थियो । १ खेल बराबरी गरेको थियो भने १ खेल हारेको थियो । जसमा २८ गोल गरेको पोल्याण्डले १४ गोल खाएको थियो ।

हेर्न लायक खेलाडी

जेम्स रोड्रिग्वेज – कोलम्बिया

सन् २०११ देखि राष्ट्रिय टिममा रहेका रोड्रिग्वेजले ६३ खेलमा २१ गोल गरेका छन् । क्लब फुटबलमा पोर्टो, मोनाको हुँदै रियल मड्रिडबाट लोनमा बायर्न म्युनिख गएका रोडि्रगेज सन् २०१४ को ब्राजिल विश्वकपका सफल खेलाडी हुन् ।

त्यसबेला रोडि्रगेजकै उत्कृष्ट खेल शैलीको मद्धतमा कोलम्बिया क्वाटरफाइनलसम्म पुगेको थियो । ६ गोल गरेर ब्राजिल विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका उनको लय अहिलेसम्म पनि उस्तै देखिन्छ ।

रोबर्ट लेवान्डोस्की – पोल्याण्ड

पोल्याण्डका सर्वाधिक गोलकर्ता उनले विश्वकप छनोटमा युरोपबाट सबैभन्दा धेरै १६ गोल गरे । सन् २००८ बाट पोल्याण्डको राष्ट्रिय टिममा रहेका उनले ९४ खेलमा ५२ गोल गरिसकेका छन् ।

सन् २०१० मा पोल्याण्डकै क्लबबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड गएका उनले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव पार्न थाले । सन् २०१४ देखि जर्मन क्लब बायर्न म्युुनिखमा रहेका उनले बायर्नबाट खेलेका १२६ खेलमा १०६ गोल गरेका छन् । कप्तान लेवान्डोस्की पोल्याण्डका लागि सम्हालिएर खेल्न सक्ने अनुभवी खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment