Comments Add Comment

विश्वकप फुटवल : जापान र सेनेगल बराबरीमै रोकिए

१० असार, काठमाडौं । विश्वकप फुटवलको समूह एचको दोस्रो खेलमा जापान र सेनेगलले बराबरी खेलेर अ‌ंक बाँडेका छन् । अघिल्लो खेलमा जित हासिल गरेका दुबै टिमले यस खेलमा २-२ को बराबरी खेलेका हुन् ।

सेनेगलले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा अ‌ङ्क बाँड्न बाध्य भयो । जापानले भने दुई पटकसम्म पछि परेको अवस्था उल्ट्याउँदै सेनेगलसँग एक अ‌क खोस्न सफल रह्यो ।

खेलको ११ औं मिनेटमै सेनेगलले मानेको गोलमा अग्रता लिएको थियो । तर ३४ औं  मिनेटका ताकासी इनवीले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याइपुर्‍याए ।

७१ औं मिनेटमा मौसा वाग्वीको गोलमा सेनेगलले फेरि अग्रता लिन सफल भयो । तर त्यो अग्रता ७ मिनेट पनि टिक्न सकेन । जापानका होण्डाले ७८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

समूह एचमा रहेका जापान र सेनेगलले समूह चरणको पहिलो खेलमा जित निकालेका थिए । सेनेगलले पोल्याण्ड र जापानले कोलम्बियालाई हराएका थिए । बराबरीमा रोकिएपछि सेनेगल र जापान दुबैले एक खेल अघि नै नकआउट चरणमा जाने अवसर गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment