Comments Add Comment

एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

गुणस्तरहीन दूध उत्पादन गर्ने २३ डेरी चिन्नुस्


११ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले राजनीतिक मुद्दामा केन्द्रित रहेर सामग्री पस्केका छन् भने कुनैको ध्यान आर्थिक, सामाजिकलगायत विषयमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चीन भ्रमणबाट फर्किए पनि यसको चर्चा सेलाएको छैन । भ्रमणको उपलब्धिबारे केन्द्रित पत्रपत्रिकाहरुले प्रधानमन्त्रीले विमानस्थलमा व्यक्त गरेको भनाइलाई विभिन्न शीर्षकमा ‘कभरेज’ गरेका छन् ।

एसईईको शनिबार प्रकाशित नतिजामा देखिएको लापरबाहीलाई पनि पत्रपत्रिकाहरुले आज उठाएका छन् । पत्रपत्रिकाहरुका अनुसार पहिलो र दोस्रो दिन फरक–फरक जीपीए देखाउँदा हजारौं विद्यार्थीको नतिजा फेरिएको छ ।

यसका अतिरिक्त डेरीको लापरबाही, भुक्तानी नदिने उद्योगीलाई पक्रन गृहले दिएको निर्देशन, विगतदेखिकै असारमा विकास बजेट सक्ने प्रवृत्ति, स्थानीय तहमा विनियोजन गरिएको बजेटलगायत विषयले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान र महत्त्व पाएको छ ।

एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा


माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले शनिबार प्रकाशित गरेका नतिजामा आइतबार हजारौं विद्यार्थीको जीपीए बढेको छ ।

पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको हो ।

जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए मात्रै देखायो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्रावधिक त्रुटिले यस्तो भएको प्रतिक्रिया दिए ।

रेग्मीले नयाँ पत्रिकासँग भनेका छन्– हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो । वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो । एनटीसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ ।

पूर्वपदाधिकारीलाई मासिक भत्तादेखि कर्मचारीसम्म दिने तयारी

सरकारले पूर्वपदाधिकारीका रुपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको नयाँ पत्रिकामा खबर छ ।

गृहमन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानून र अर्थ मन्त्रालयले सहमति दिइसकेका छन् ।

समाचार अनुसार राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक भत्ता दिन प्रस्ताव गरिएको छ । काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र पूर्वउपराष्ट्रपति प्रधानमन्त्री, , प्रधानमन्त्री र सभामुखलाई मासिक ७५ हजार घरभाडा दिन विधेयकमा प्रस्ताव छ ।

पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा उपलब्ध गराइनेछ ।

२३ डेरीका दूधमा कोलिफर्म

राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ ।

कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमो १५ दिनअघि संकलन गरिएका ४२ वटा दूधका नमूनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ ।

मन्त्रालयद्वारा जारी रिपोर्ट अनुसार, आधुनिक डेरी बालाजु, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जयश्री डेरी काभ्रे, भक्तपुर डेरी, भक्तपुर, चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज, हिमालयन डेरी लगनखेल, दुग्ध विकास संस्थानका दूधमा कोलिफम जीवाणु पाइएको हो ।

त्यसैगरी जगदम्बा डेरी भक्तपुर, एचडी मिल्क एण्ड वेभरेज, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस मिल्क, नवप्रभात डेरी गोदावरी, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, राजधानी डेरी काठमाडौं, सुजल डेरी थानकोट, सञ्जीवनी डाइटी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, हिमालयन डेरी प्रोडक्ट लगनखेल, तुलसा डेरी प्रालि काठमाडौं र संयुक्त डेरी पाटनको लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ ।

चीनतर्फ ढल्किएको भन्दै भारतले लगायो माल्दिभ्समा नाकाबन्दी

माल्दिभ्सको नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तदा बढेको छ । दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यकीय सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ ।

नागरिक दैनिकका अनुसार भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेडले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको विजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ ।

भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ । माल्दिभ्सले मलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ ।

चीनले माल्दिभ्सको पर्यटन र भौतिक संरचनाका क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेको छ । माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment