Comments Add Comment

विश्वकप फुटबलः कोलम्बिया ३–० ले विजयी, पोल्याण्ड बाहिरियो


११ असार, काठमाडौं । विश्वकप फुटबलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोलले हराएको छ । यो जितसँगै नकआउट चरणमा पुग्ने कोलम्बियाको सम्भावना कायमै छ । लगातार दुई पटक हार व्यहोरेपछि पोल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

कोलम्बियाको जितमा यरी मिना, राडमेल फल्काओ र जुहान कुवाड्राडाले गोल गरे ।

खेलको ४० औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासलाई यरी मिनाले हेडमार्फत् गोल गरेर अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा राडामेल र त्यसको पाँच मिनेटपछि नै जुहान कुवाड्राडोले गोल थपे ।

अब समूह एचबाट कोलम्बिया, जापान र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment