+
+

कसलाई हुनसक्छ पाठेघरमा ट्युमर ? स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीना शाहको लेख

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १०:०१

पाठेघरको क्यान्सर भन्नासाथ हामी आत्तिने गर्छौ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरुमध्य पाठेघरको क्यान्सर पहिलो स्थानमा रहेको छ ।

पाठेघरमा हुने क्यान्सर विशेषगरी ट्युमरका कारण हुन्छ । पाठेघरमा कोषिकाहरुको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा ट्युमर बन्ने गर्छ । त्यस्ता ट्युमर सबै क्यान्सर नै हुन्छ भन्ने छैन ।

यस्ता ट्युमर, व्यक्ति तथा उमेर अनुसार पनि फरक हुन्छ । त्यस्तै, किशोरावस्थामा हुने ट्युमर, चालीस वर्ष कटेपछि हुने ट्युमर तथा महिनावारी सुक्ने अवस्थामा हुने ट्युमर पनि व्यक्ति अनुसार फरक हुने गर्दछ । त्यस्तै, यस्ता ट्यूमर पाटेघरमा मात्र नभई डिम्बासय तथा नलीको छेउमा पनि हुन सक्दछ ।

ट्युमर जुनसुकै उमेरमा भएपनि यसका लक्षण भने प्रायः उस्तै हुने गर्दछ । जुन यस प्रकार छ :

यी संकेतहरु ख्याल गरौं

-महिनावारी हुदाँ वा हुनु पूर्व तल्लो पेट पहिलेको भन्दा धेरै दुख्नु

– महिनावारी समयमा नुहने वा छिटो छिटो हुने

– महिनावारी समयमा भएको छ तर रक्तश्राव धेरै दिनसम्म भइरहेको छ भने

-महिवारी समयमा भइरहेको छ तर रक्तश्राव भने सामान्य दिनमा भन्दा बढी भइरहेको छ भने कतै पाठेघरमा ट्यूमर पलाएको त छैन भनेर शंका गर्नु पर्दछ ।

– श्रीमान् श्रीमतिबीच यौन सम्पर्क गर्दा पेट दुख्न थालेमा वा योनी दुख्न थालेमा

-महिनाबारी हुने समयको बीचमा (दुई महिवारीको बीचको समयमा) ‘इन्टर मेन्सुरेशन व्लिडिङ्ग’ अर्थात रगतहरु देखापरेमा पनि त्यो ट्युमरको संकेत हुन सक्दछ ।

कुनै पनि महिलाको पाठेघरमा ट्युमर देखा पर्दैमा त्यसको शल्यक्रिया गरिहाल्नु पर्दैन । ट्युमरको आकार, प्रकार तथा लक्षण तथा महिलालाई कत्तिको गार्‍हो भएको छ त्यसको आधारमा मात्र शल्यक्रिया गरिने हुदाँ चिकित्सकको परामर्श आवश्यक छ । र, यस्ता शल्यक्रिया व्यक्ति अनुसार पनि फरक हुने गर्दछ ।

कति डरलाग्दो ?

महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ । चालीस वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ , फाइब्रोइड र एडिनोमायोसिस ।

सामान्यतया, एडिनोमायोसिस नामक ट्युमर औषधीको सेवनद्धारा निको पार्न सकिन्छ । त्यस्तै, पाठेघरमा मेरिना -कपर्टी जस्तै साधन) राखेर पनि यस्ता ट्युमरको उपचार गर्न सकिन्छ । जबकी फाइब्रोसिस ट्युमर भएमा शल्यक्रियाद्वारा उपचार गर्नु पर्दछ ।

त्यस्तै, महिलाहरुको पाठेघरमा हुने अर्को ट्युमर भनेको डिम्बासयको ट्युमर हो । यस्ता ट्युमर व्यक्ति अनुसार फरक हुने गर्दछ । किशोरीहरुमा डिम्बासयमा मात्र नभई नलीको छेउमा समेत पेराफ्रिम्बल नामक ट्युमर आउन सक्दछ ।

औषधीको सेवनद्धारा ५-६ सेन्टीमिटरसम्मको यस्ता ट्युमर निको नभएमा दुरविनको माध्यमद्धारा पनि यस्ता ट्युमरलाई निकाल्नु पर्दछ ।

कहिलेकाही यस्ता ट्यूमर नलीमा घुमेर जाने र त्यसको कारण नली नै कुहिएर नली तथा पाठेघर नै फाल्नु पर्ने अवस्था सिर्जना हुन सक्दछ । त्यसैले, यस्ता समस्याबाट जोगिनको लागि पनि यस्ता ट्युमर देखिएमा अपरेशन गर्न आवश्यक छ । यसको लागि पाठेघरमा कुनै पनि ट्युमर देखा परेमा त्यो कस्तो ट्युमर हो र के कारणले आएको हो भनेर छुट्याउन आवश्यक छ ।

सामान्यतयाः आठ सेन्टिमिटर भन्दा सानो ट्यूमर भएमा औषधी सेवनद्धारा पनि यस्ता ट्युमरको सहजै उपचार गर्न सकिन्छ ।

कस्ता ट्युमर क्यान्सरजन्य हुन्छ ?

सबै ट्युमर क्यान्सर हुँदैन । तर कतिपय ट्युमर क्यान्सरजन्य हुँदैन भन्न पनि मिल्दैन । विशेषगरी, किशोरकिशोरीमा देखिने ट्यूमरमध्य केही क्यासरजन्य ट्युमर हुने सक्ने भएकोले यसबारे विशेष सजगता अपनाउन जरुरी छ । यदी ट्यूमरको साइज आठ सेन्टिमिटर भन्दा सोनो छ भने त्यस्ता ट्युमरलाई औषधी द्धारा पनिको पार्न सकिने भएकोले त्यस्ता ट्यूमरको शल्यक्रिया गरिहाल्न पर्दैन ।

कुनै कुनै ट्युमर छ सेन्टीमिटर भन्दा सानो छ भने पनि त्यसको शल्यक्रिया गर्नु पर्दछ ।

कसैकसैलाई महिनावारी सुक्ने बेलामा पनि पाठेघर तथा डिम्बासयमा ट्युमर देखिन सक्छ । र, यस्ता ट्यूमर क्यान्सर हुनसक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको अवस्था छ । त्यसैले पनि चिकित्सकको परामर्शमा यस्ता ट्यूमर क्यान्सर हो कि हैन भनेर समयमा नै छुट्याउनु पर्दछ ।

त्यस्तै, यदी कुनै ट्यूमर क्यान्सर हैन तर पनि बढ्दै गयो भने पनि त्यस्ता ट्युमरलाई झिक्न आवश्यक छ ।

पाठेघरमा ट्यूमर हुनुको प्रमुख कारण

पाठेघरको ट्युमर किन हुन्छ भन्ने कुरा धेरैका लागि अहिले पनि खोजको विषय बनेको छ । अझ भनौ, विभिन्न अनुसन्धानहरुका बाबजुद यसको कारण अझै पत्ता लाग्न सकेको छ ।

यद्यपी, वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ ।

त्यस्तै, धुमपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ ।

उपचार विधि

कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो । नेपालमा प्रायः पाठेघरको ट्युमर देखिएमो पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ । जुन नेपालको पूरानो विधि पनि हो ।

त्यसबाहेक, पेटमा स-साना प्वाल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो । ल्याप्रोस्कोपिक सर्जरी गर्दा धेरै मानिसलाई के भ्रम रहन्छ भने ट्युमर ठूलो भएमा त्यसलाई निकाल्न कतै समस्या हुने त हैन ?

यस विषयमा म के भन्न चाहन्छु भने जतिसुकै ठूलो ट्यूमर पनि ल्याप्रोस्कोपिक सर्जरीद्वारा पेटबाट छुटाईसकेपछि त्यसलाई निकाल्ने भनेको बच्चा पाउने ठाउँबाटै निकाल्ने हो ।

डा. रंगीना शाह अल्का अस्पतालमा कार्यरत छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?