Comments Add Comment

अर्जेन्टिनी खेलाडीहरुलाई भेट्न चाहन्छन् म्याराडोना


११ असार, काठमाडौं । अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले नाइजेरियासँग खेल्नु अघि खेलाडीहरुलाई भेट्ने इच्छा व्यक्त गरेका छन् ।

क्रोएसियासँग हारेपछि दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई नक आउट चरणमा पुग्ने नाइजेरियालाई हराउनै पर्ने भएको छ । यो खेल भोलि हुनेछ ।

म्याराडोना ‘अति निराश र क्रुद्ध’ छन् र उनले अर्जेन्टिनी फुटबल संघका अध्यक्षको आलोचना गरेका छन् ।

‘अति निराश र क्रुद्ध’ हुनुको कारण खोल्दै उनले भने, किनकी यो सर्टलाई त्यो टिमले जर्मनी, ब्राजिल, हल्याण्ड वा स्पेन होइन, क्रोएसियाको टिमले धुजाधुजा बनाएको छ ।’

यो हारका लागि कोही न कोही दोषी भएको भन्दै उनले फुटबल संघका अध्यक्षको आलोचना गरे ।

क्रोएसियाले गरेको तीन गोल महंगो पर्न सक्ने भन्दै उनले भने, ‘हामीले आफ्नो सम्मान रक्षा गर्नुछ ।’

फुटबल संघका अध्यक्ष क्लाउडियो टापिया आइतबार जाभियर मासेरानोसँग पत्रकार सम्मेलनमा देखिए, जहाँ डिफेण्डरले खेलाडी र प्रशिक्षकमा दुरी बढेको अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment