Comments Add Comment

अर्जेन्टिना र नाइजेरियाको खेल युद्ध जस्तै होः इगालो


काठमाडौं । नाइजेरियाका स्ट्राइकर ओडिओन इगालोले अर्जेन्टिनाविरुद्धको खेल ‘युद्ध’ जस्तै भएको बताएका छन् ।

नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई जित्ने पर्ने दबाब छ भने नाइजेरियालाई बराबरी भए पुग्छ । ‘यो एउटा युद्ध हुनेछ र फाइनलको पनि फाइनल । किनकी उनीहरुलाई जित चाहन्छ’ इगालोले बीबीसीसँग भनेका छन् ।

अर्जेन्टिनाले जितका लागि आफूले जानेको सबै उपाय अपनाउने उनको विश्लेषण छ ।

मंगलबार हुने खेल विश्वकपमा अर्जेन्टिना र नाइजेरियाको पाँचौं भेट हो र नाइजेरियाले हार टार्न सकेको छैन । तर, पछिल्लो पटक १४ नोभेम्बर २०१७ मा भएको मैत्रिपूर्ण खेलमा भएको भेटमा भने नाइजेरियाले जित हात पारेको थियो ।

समूह डीबाट क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । अब एक स्थानका लागि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको प्रतिस्पर्धा छ । भोलि ११ः४५ बजे नाइजेरिया र अर्जेन्टिना खेलेकै समयमा आइसल्याण्डले क्रोएसियासँग खेल्नेछ ।

यदि क्रोएसियाले आइसल्याण्डलाई हरायो भने नाइजेरियालाई बराबरीले नकआउट चरणमा पुर्याउनेछ । तर, आइसल्याण्ड र अर्जेन्टिना दुबै जित्यो भने गोल अन्तरका आधारमा अघिल्लो चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

नाइजेरियाका २९ वर्षीय स्ट्राइकर इगोलो भन्छन्, ‘म मान्दछु कि यो खेल निकै प्रतिस्पर्धात्मक हुन्छ । तर, मलाई लाग्छ, हामी छनोट हुन सफल हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment