Comments Add Comment

चितवन प्रहरीले जलायो ११२ किलो गाँजा, फरार अभियुक्त पक्राउ


११ असार, चितवन । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ ।

एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा नष्ट गरिएको हो ।

गाँजा भण्डारण गरेको आरोपमा ठूलीमाया तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

लागूऔषध (नियन्त्रण) ऐनबमोजिम गाँजा सञ्चय गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा रु १५ हजारदेखि एक लाख जरिवाना हुनसक्ने प्रहरी निरीक्षक विष्टले बताए । चितवनको राप्ती र खैरहनी नगरपालिकाको पहाडी क्षेत्रमा बढी गाँजाखेती हुने गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिट गरी अंगभंग मुद्दाका फरार अभियुक्त जिल्ला चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीय नेप्टे भनिने नवीन गुरुङलाई पक्राउ गरेको छ ।

उनीसहितका केही व्यक्तिले भरतपुरका देवेन्द्रबहादुर गौतमलाई कुटपिट गरी अंगभंग गराएको आरोप लागेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतपुरका स्थानीय राजन गौतम भने यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् । आइतबार पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पठाइने आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment