Comments Add Comment

काभ्रे दुर्घटना अपडेटः घाइते ६ मध्ये ३ को अवस्था गम्भीर

घाइतेको शिरमेमोरियल अस्पतालमा उपचार हुँदै

११ असार, काभ्रे । करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा-५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।

दुर्घटना भयानक भए पनि मानवीय क्षति हुनबाट भने जाेगिएकाे छ । काभ्रे प्रहरीका अनुसार, दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

उनीहरुको अहिले शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ट्रकमा लागेको आगो निभाउन दमकल बोलाइए पनि १ घण्टा ढिलो पुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले दुर्घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment