Comments Add Comment

जन्मदिनमा हँसाए मेस्सीले, मस्कोमा मेस्सी केक

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा साथै दोस्रो खेलमा क्रोयसियासँग अप्रत्याशित ३–० को हार भोगेपछि अर्जेन्टिनी टिम विश्वकपमा समस्यामा छ ।

प्रशिक्षक जर्ज साम्पाओलीसँगै खेलाडीहरु पनि नाइजेरीयासँग हुने समूह चरणको अन्तिम खेलमा केन्द्रित छन् । नाइजेरीयासँग पराजित भए अर्जेन्टिना विश्वकपको समूह चरणबाटै बाहिरिने छ ।

यस्तोमा निराशा र अभ्यासमा लगाएको एकाग्रताकै बीच आइतबार कप्तान लियोनल मेस्सीको ३१ औं जन्मदिन मनाइयो । अभ्यासका क्रममा रमाइलो गरी रहेका खेलाडीहरुले त्यसपछि केक काटेरै मेस्सीको जन्मदिन मनाए ।

अभ्यासका क्रममा मेस्सीले टिमका सबै खेलाडीलाई हँसाइरहेका थिए । प्रशिक्षक साम्पाओलीसहित टिमका खेलाडीले मेस्सीलाई जन्मदिनको शुभकामना दिए ।

उनको जन्मदिन अर्जेन्टिनी खेलाडीबीच मात्रै होइन मस्कोभर नै छायो । मस्कोमा चकलेट तथा केक बनाउने पेशामा रहेकाले मेस्सीको जन्मदिनमा उनकै केक बनाएर जन्मदिन सम्झिए ।

मस्कोका पाँचजना केक निर्माताले झण्डै एक हप्ता लगाएर ‘मेस्सी केक’ बनाएका हुन् । मेस्सी केकको तौल ६० किलो थियो ।

मेस्सीको जन्मदिन जुन २४ मा रहेको थाहा पाएपछि उनलाई उनीजस्तै चकलेट केक उपहार दिने भनेर यस्तो केक बनाएको प्रमुख सेफ डारिया माल्किनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment