Comments Add Comment

हृयुण्डाई ईलाइट आई-२० २०१८ फेसलिफ्ट नेपालमा


११ असार, काठमाडौं । नेपालको लागि हृयुण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले हालसालै बहुप्रतिक्षित ईलाइट आई-२० २०१८ फेसलिफ्ट नेपालमा ल्याएको छ । हृयुण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड उल्लेखनीय छ, जसले ग्राहकको हरेक अपेक्षालाई पूर्ण गर्दछ । यो फेसलिफ्ट मोडल स्र्पोट्ज र एस्टा भ्यारियन्टमा उपलब्ध छ ।

नयाँ ईलाइट आई-२० २०१८ फेसलिफ्ट उही प|mन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुना तर्फ पूरै तन्कीएको हुन्छ र यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ ।

यसको पछाडि पट्ट,ि लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ ताकि ब्राण्डको पहिलेदेखि रुचाइएको स्वरुप र पि्रमियम आवरणलाई उजार गर्न सकियोस् ।

सुरक्षाको मापदण्ड अनुरुपमा ब्द्यक् र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ । यसले कारप्ले, एन्ड्रोइड अटो, र मिररलिंकको माध्यमबाट अर्कार्मिज साउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ, जुन हृयुण्डाईबाट अपेक्षित नै छ ।

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्च स्तरीय र झनझट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी हृयुण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment