Comments Add Comment

कृषिलाई सम्मानित पेशा बनाउँछु : मन्त्री थापा

११ असार, पोखरा । प्रदेश ४ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापा ‘कृषकसँग मन्त्री’ कार्यक्रमका लागि बागलुङ पुगेका छन् ।

खेतबारीमै पुगेर किसानका गुनासा सुन्ने उद्देश्यले सुरु गरिएको ‘कृषकसँग मन्त्री कार्यक्रम’ कार्यक्रम लिएर मन्त्री थापा वाग्लुङको काठेखोला गाउँपालिका २ डुढियाखोला पुगेका हुन् । त्यहाँ उनले स्थानीय किसानको गुनासो सुनेका थिए ।

गत वर्षको चैत १४ गते आगलागीबाट लाखौँको क्षति पुगेको वाग्लुङ पशु स्रोत विकास र्फमको समेत मन्त्री थापाले अवलोकन गरेका थिए । २ पटकसम्म जलेर ६० लाखसम्म क्षति पुगेको उक्त र्फम अहिले भने जिल्लाकै नमूना र्फमको रुपमा स्थापित भएको छ ।

स्थानीय कृषक हरिबहादुर रानाले कृषि पेशामै भविश्य देखेर आफूहरु केही गर्न तयार भए पनि लगानीको अभावमा फार्म विस्तार भने गर्न नसकिएको बताए । सरकारले कृषि कर्जालाई सहज बनाउने बताए पनि बैंकहरुले लगानी गर्न नमानेको उनले गुनासो गरे ।

र्फमको विस्तार गर्ने उद्देश्यले कृषि विकास बैंकमा ऋण माग्न जाँदा धितो नपुगेको भन्दै ऋण नदिएको उनले बताए । र्फम धितो राखेर ऋण दिने ब्यबस्था गर्न मन्त्रीलाई उनले आग्रह गरे ।

कृषक चन्द्रमणी उपाध्यायले आफ्नो क्षेत्रमा जडीवुटी खेतीको पर्याप्त सम्भावना भएको र त्यसको लागि राज्यले ज्ञान सीप दिनुपर्ने बताए । अर्का कृषक डिलबहादुर पुनले १७/१८ वर्षदेखी अलैंचीको खेती गर्दै आए पनि राज्यको तर्फबाट केही पनि सहयोग नपाएको गुनासो गरे ।

किसानको गुनासो सुनेपछि मन्त्री थापाले कृषि पेशालाई सम्मानित पेशा बनाउने प्रतिवद्धता जनाए । उनले कृषकलाई पेन्सन दिनुपर्ने पक्षमा आफू र सरकार भएको बताउँदै त्यसको तयारी गरिरहेको बताए ।

संविधानमा नागरिकलाई खाद्य हकको व्यवस्था गरिएको र कोही पनि भोकै बस्नुपर्ने छैन भन्ने राज्यको नीति रहेको बताउँदै कृषकहरुले आफु भोकै बसेर भए पनि रातदिन काम गरेर कृषि उत्पादन मार्फत राज्यलाई सहयोग गरेकाले कृषकलाई सम्मान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment