Comments Add Comment

यात्रु बोकेको मिनी ट्रक दुर्घटना हुँदा महिलाको मृत्यु

११ असार, काभ्रे । काभ्रेको बनेपा ५ रविओपीमा यात्रु बोकेर सवार मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा आगोसमेत लागेको थियो ।

दुर्घटनामा परी धुलिखेल १ देवीटारकी ४० वषर्ीया लालीमाया तामाङको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । दुर्घटना भयानक भए पनि धेरै मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा ११ वषर्ीय देवीटारका सुजन लामा, देवीटारकै ठुलीमाया तामाङ, पनौतीका सानुकान्छा तामाङ, देवीटारकी ज्ञानीमाया तामाङ, देवीटारका धनमान तामाङ र फलामेटारका मानबहादुर गोले रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment