Comments Add Comment

सबै स्थानीय तहमा अप्टिकल फाइबर पुर्‍याउने योजना


११ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने बताएको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने योजनाको तयारी भइरहेको जानकारी दिए ।

सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धि एक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसंचारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।

प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दावी पनि गर्दै आएको छ । तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment