Comments Add Comment

‘बुलबुल’मा ट्याम्पु चालक स्वस्तिमा


नायिका स्वस्तिमा खड्कालाई दर्शकले अब फरक भूमिकामा देख्ने भएकी छिन् । मल्टिस्टार कलाकारको चलचित्रमा काम गर्दै आएकी स्वस्तिमालाई दर्शकले अब ट्याम्पु चालक महिलाको भूमिकामा देख्ने भएका छन् । आज घोषणा भएको चलचित्र ‘बुलबुल’मा स्वस्तिमाले यो फरक भूमिका निर्वाहा गर्न लागेकी हुन् ।

यो भूमिकालाई लिएर स्वस्तिमा आफै पनि उत्साहित छिन् । स्वस्तिमाले पत्रकार सम्मेलनमा भनिन्–‘यो भूमिका मेरा लागि चुनौतीपूर्ण छ । सुरुमा त मैले मलाई यो भूमिकाका लागि नलिनोस् भनेको थिएँ । यो चलचित्रले मलाई चलचित्र क्षेत्रमा फेरि जन्माउनेछ ।’

चलचित्रमा स्वस्तिमाको साथमा मुकुन भुषाल, जोयश पाण्डे, लक्ष्मी वर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारीको मुख्य भूमिका रहनेछ । आशिका अधिकारीलाई बाल–कलाकारको रुपमा चलचित्रमा देखिनेछ । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीत, सुशान प्रजापतिको छायांकन रहनेछ । अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेको लगानी रहने चलचित्रमा विनोद पौडेलको कथा, पटकथा तथा निर्देशन रहनेछ ।

निर्देशक पौडेलले नेपाली चलचित्रको बिषयमा उठ्ने थुप्रै प्रश्नको यो जवाफ यो चलचित्रले दिने बताए । उनले, पनि स्वस्तिमाको फेरि जन्म गराउन यो चलचित्र सफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment