Comments Add Comment

अख्तियारमा तराईका जिल्लाको धेरै उजुरी, शिक्षाका बढी

११ असार, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा र बर्दिबास कार्यालयमा चालु आर्थिक वर्षको ११ महिनामा १२ सय १३ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ ।

कार्यालयले आयोगमा जेठ मसान्तसम्म आएका उजुरीमध्ये ५ सय ७ वटा उजुरी फर्छ्यौट गरेको जनाएको छ ।

आयोगको हेटौंडा कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत तथ्याङ्क अनुसार सबैभन्दा बढी उजुरी शिक्षा र त्यसपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत परेको छ । शिक्षा मन्त्रालय अन्तर्गतमात्रै ४ सय ४६ वटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत ४ सय ३२ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

बाँकी गृह, सिंचाई, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास, भूमि सुधार तथा व्यवस्था, कृषि विकास, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतसमेत उजुरीहरु आएका छन् ।

आयोगको कार्यालय हेटौंडाले सोमबार वीरगञ्जमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक कार्यक्रममा कार्यालय प्रमुख हेमकला पाण्डेले तराईका जिल्लाबाट धेरै भ्रष्टाचार सम्बन्धी उजुरी आउने गरेको जानकारी दिइन् ।

‘तराईका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषाबाट बढी उजुरी आउने गरेको छ’ उनले भनिन् ‘शिक्षामा बढी उजुरी आउँछ, त्यसपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत बढी उजुरी छ ।’

अख्तियारको हेटौंडा कार्यालय अन्र्तगत रहेका १६ जिल्लामध्ये सबैभन्दा बढी उजुरी धनुषाबाट १ सय ९४, बाराबाट १ सय ९२, रौतहटबाट १ सय ९०, महोत्तरीबाट १ सय ८५, सर्लाहीबाट ६६, पर्साबाट १ सय ३१ वटा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment