Comments Add Comment

सुत्न नदिने इरानी समर्थकलाई रोनाल्डो भने – हल्ला धेरै भयो

११ असार, काठमाडौं । विश्वकपका दुई खेलमा चार गोल गरिसकेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निन्द्रा इरानी समर्थकले बिगारिदिएका छन् ।

सोमबार समूह चरणको अन्तिम तथा अघिल्लो चरणका लागि महत्वपूर्ण रहेको खेलमा पोर्चुगलले इरानको सामना गर्दै छ । त्यसको अघिल्लो रात रोनाल्डो राम्ररी निदाउन पाएनन् ।

आइतबार राति इरानी समर्थक रोनाल्डो बसेको होटलबाहिर आएर ठूलो स्वरमा हल्ला गरीरहेपछि रोनाल्डो झ्यालमा आएर हल्ला नगर भन्न बाध्य भए ।

५० जनाभन्दा बढीको संख्यामा रहेका इरानी समर्थकले रोनाल्डो बसेको होटल नजिकै भुभुजेला, गाडी बाइकको हर्न र ड्रम बजाउँदै हल्ला गरेका थिए ।

इरान पोर्चुगललाई हराउँदै विश्वकपमा पहिलोपटक अघिल्लो चरणमा जाने आशामा छ । यसैले इरानी समर्थकले पोर्चुगलका मुख्य खेलाडी रोनाल्डोको निन्द्रा बिगारेर टिमलाई मद्धत गर्न खोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment