Comments Add Comment

प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेलाई ३ लाखसम्म सहयोग दिने

११ असार, जनकपुरधाम । प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

घाइतेको प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री विजयकुमार यादवले जानकारी दिए । सहयोग दिने मापदण्ड सरकारले निमार्ण गरिसकेको र सख्त घाइतेको अवस्था हेरेर अधिकतम ३ लाखसम्म र अन्य घाइतेको अवस्था हेरेर सहयोग उपलब्ध गराउने उनले बताए ।

मन्त्रिपरिषदको बैठकले प्रशासनिक संरचना सुधार गर्न विद्याधर मल्लिकको अध्यक्षतामा प्रशासनिक संरचना सुधार सुझाव समिति गठन गरेको छ ।

त्यस्तै बैठकले मुख्य न्यायधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धी निर्देशिका २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment