Comments Add Comment

मदिरा सेवन गरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

१२ असार, चितवन । मदिरा सेवन गरी होस्टलमा बसेका छात्राहरु कुटपिट गर्ने शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम चितवनको रामपुरस्थित ग्राण्डी स्कुलका होस्टल इञ्र्चाजसमेत रहेका राजु लामालाई प्रहरीले छात्रामाथि कुटपिट गरेको भन्दै पक्राउ गरेको हो ।

मदिरा सेवन गरी होस्टलमा छिरेका लामाले छात्राहरुलाई निर्घात कुटपिट गरेको पीडित छात्राका अभिभावक नारायणप्रसाद पौडेलले जानकारी दिए । प्रहरीले पनि लामाले मदिरा सेवन गरेर छात्रामाथि कुटपिट गरेको पुष्टि भएको बताएको छ ।

पीडित विद्यार्थीका अभिभावकले बताएअनुसार, लामाले कक्षा १० मा अध्ययन गर्ने १७ छात्रालाई लाइन लगाएर कुटेका थिए । कुटाइका कारण विद्यार्थीहरुको हात सुन्निएको छ ।

घटनाबारे छलफल गर्न अभिभावक भेला बोलाइएको अभिभावक नारायण प्रसाद पौडेलले जानकारी दिए ।

विद्यालय सञ्चालक जेम्स लामाले विद्यार्थी कुट्ने शिक्षकमाथि कानूनी कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment