Comments Add Comment

अब मैदानमा नेमार लड्दा सित्तैमा रक्सी


विश्वका सबैभन्दा महंगा फुटबलर नेमारले जारी विश्वकपमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् र अनावश्यक रुपमा आवश्यकता भन्दा बढी लडिरहेको अर्थात् डाइभ हानिरहेको भनी उनको आलोचना भइरहेको छ ।

यद्यपि, यी ब्राजिली सुपरस्टारको प्रदर्शनमै ब्राजिलको विश्वकप सपना अडेको छ ।

नेमारको लडिबुडी मजाक बनिरहेको बेला ब्राजिलको एउटा बारले भने अनौठो घोषणा गरेको छ । रियो दि जेनेरियोमा रहेको उक्त बारले बुधबार हुने सर्बिया र ब्राजिलबीचको निकै महत्वपूर्ण खेलका दौरान हरेकपटक नेमार मैदानमा लड्दा फुटबल फ्यानलाई सित्तैमा रक्सी पिलाउने घोषणा गरेको हो ।

उत्तरी रियोको सर वाल्टर पबले आफ्नो फेसबुकमा यस्तो घोषणा गरेको हो । उसले लेखेको छ, ‘नेमार जब मैदानमा लड्नेछन् तब बारमा सबैलाई निःशुल्क एक प्याला शट (रक्सी) मिल्नेछ ।’

सोसल मिडियामा यो पोष्ट निकै भाइरल बनिरहेको छ । नेमारका फ्यानहरुले यसको खुबै तारिफ गरिरहेका छन् ।

स्मरणरहोस् विश्वकप फुटबल सुरु हुनुअघि क्रेडिट कार्ड कम्पनी मास्टरकार्डले लियोनेल मेस्सी र नेमारले जति पटक गोल गर्छन् उति नै पटक गरीबहरुलाई सित्तैमा भोज खुवाउने घोषणा गरेको थियो ।

उक्त घोषणा अनुसार मेस्सी र नेमारको हरेक गोलको बदलामा मास्टरकार्डले संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम मार्फत १० हजार जनालाई पुग्ने खाद्यान्न प्रदान गर्ने बताइएको थियो । तर पछि ब्राजिली प्रशिक्षकको विरोधपछि उक्त योजना रद्द गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment