Comments Add Comment

फायरफक्स क्वान्टमः यसरी दिँदैछ गुगल क्रोमलाई टक्कर


पछिल्ला केही वर्षयता इन्टरनेट ब्राउजरको दुनियाँमा गुगल क्रोमले राज गरिरहेको छ । तर केही महिनाअघि नयाँ इन्टरनेट ब्राउजर सार्वजनिक भयो, जसले सुरुवातदेखि नै गुगल क्रोमलाई टक्कर दिने सम्भावना देखाएको छ । त्यो नयाँ ब्राउजर हो, फायरफक्स क्वान्टम ।

यद्यपि, इन्टरनेट प्रयोगकर्ताका लागि फायरफक्स कुनै नयाँ नाम होइन । सन् २००२ मा पहिलोपटक निःशुल्क तथा ओपन सोर्स ब्राउजरका रुपमा फायरफक्स लञ्च भएको थियो । मोजिला फाउन्डेसनले फायरफक्स तयार गरेको हो । इन्टरनेटमा सबैको पहुँच स्थापित गर्ने ग्यारेन्टी प्रदान गर्ने सफ्टवेयरको विकास गर्ने संस्थाको रुपमा मोजिलाले आफूलाई दाबी गर्दछ ।

उता सन् २००८ मा गुगलको क्रोम ब्राउजर लञ्च भएसँगै यसले तत्कालीन अवस्थामा प्रयोगमा रहेका अन्य सबै ब्राउजरको ठाउँ लिनथाल्यो । पछिल्लो तथ्यांक अनुसार अहिले इन्टरनेट ट्राफिकको ६७ प्रतिशत गुगल क्रोमबाट आउँदछ भने बाँकी अन्य ब्राउजर निकै पछि छन् । फायरफक्सको हिस्सा जम्मा ११ प्रतिशत रहेको छ भने इन्टरनेट एक्सप्लोलर ७ र सफारीको हिस्सा ५ प्रतिशत रहेको छ ।

यसैबी मोजिल्ला गत वर्षको अन्त्यतरि फायरफक्स क्वान्टम लञ्च गर्यो । त्योसँगै फायरफक्सका प्रयोगकर्ताहरुको संख्या क्रमशः बरिहेको छ ।

विज्ञहरुका अनुसार फायरफक्स क्वान्टम गुगल क्रोमलाई टक्कर दिने हैसियत राख्दछ । इन्टरनेट प्रयोगकर्ताको रोजाइमा फायरफक्स क्वान्टम पर्नुका मुख्य तिनवटा कारण यस्ता छन्ः

१. प्राइभेसीः फायरफक्समा इन्स्टल हुने एक्सटेन्सन क्रोमका तुलनामा कम छन् तथापि त्यसले प्रयोगकर्तालाई धेरै सुरक्षा तथा गोपनियता प्रदान गर्दछन् । ब्राउजरमा तपाइँ यस्तो फिचर एक्टिभेट गनृ सक्नुहुन्छ जसले इन्टरनेट क्रलर्सलाई तपाइँका निजी डाटा एकत्रित पार्नबाट रोक्दछ । तर क्रोममा यस्तो गर्नका लागि समेत थर्ड पार्टी एक्सटेन्सन इन्स्टल गर्नुपर्दछ । यसका अलावा फायरफक्स क्वान्टममा फेसबुकलाई सिमित गर्ने सुविधा पनि छ । यसबाट तपाइँको सोसल मिडिया प्रोफाइल अलग हुनेछ र फेसबुकले ब्राउजरमा तपाइँका अन्य गतिविधि ट्रयाक गर्न पाउनेछैन । यद्यपि फायरफक्स एक निशुल्क ब्राउजर हो, तथापि यसका माध्यमबाट यसले व्यवसायिक उद्देश्य पूर्ति गर्दैन । प्रयोगकर्ताका डाटा एकत्रित गरेर त्यसलाई विज्ञापनदाता समक्ष बेच्नमा यसको कुनै रुची छैन ।

२. स्पीडः कतिपय वेबसाइटहरुका अनुसार क्रोमको तुलनामा फायरफक्सको स्पीड धेरै छ । द न्युयोर्क टाइम्सका टेक्नोलोजी विज्ञ ब्रायन एक्स शेनले एक आलेखमा उल्लेख गरेअनुसार केही महिनासम्म दुबै ब्राउजर प्रयोग गरेसँगै दुबै ब्राउजर निकै फास्ट रहेको उनले पाए । उनका अनुसार यी दुईमध्ये फायरफक्सले इन्टरनेट सामाग्री हरुलाई सही ढंगमा ढाल्नुका साथै सही तरिकाले त्यसको प्रयोग गर्दछ । क्रोममा जब तपाइँ नयाँ ट्याब खोल्नुहुन्छ त्यसले एक नयाँ प्रोसेस सुरु गरिदिन्छ र त्यसले तपाइँको डिभाइस स्लो गरिदिन्छ । तर फायरफक्समा भने नयाँ ट्याबको लोडिङ स्पीड उच्च रहिरहेको हुन्छ ।

३. डाटाको खपतः ब्राउजरलाई फास्ट तथा हल्का बनाउनका लागि पनि मेमोरीको आवश्यकता पर्दछ । मोजिलका अनुसार फायरफक्स क्वान्टमले ३० प्रतिशत कम र्यामको उपयोग गर्दछ र यसले ग्याजेटको ब्याट्रीमा पनि कम नकारात्मक असर पार्दछ । प्रयोगकर्ता अनुसार क्रोमको तुलनामा फायरफक्समा इन्टरनेट सर्फिङ गर्दा ब्याट्रीको खपत २० प्रतिशतले कम हुन्छ । विश्लेषकहरुका अनुसार यो ठूलो कुरा नभएपनि लामो यात्रामा निस्केको फायरफक्सका लागि यस्ता स–साना कुराहरुले आशाजनक बनाएको छ ।

प्राइभेसीका सन्दर्भमा सेक्योरिटी विज्ञहरुले मोजिलाको कामको प्रसंसा गर्ने गर्दछन् ।

गैरनाफामूलक डिजिटल अधिकार संगठन इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनका शोधकर्ता कूपर क्विटिनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘यस्तो लाग्दछ कि फायरफक्सले आफुलाई गोपनियता मेत्री ब्राउजरको रुपमा स्थापित गरेको छ । उसले इन्टरनेट सुरक्षा वृद्धि गर्ने मामिलामा शानदार काम पनि गरिरहेको छ ।’

यी सबै तथ्यहरुको आधारमा के यो भन्न सकिन्छ कि मोजिला फायरफक्स क्वान्टमले गुगल क्रोमलाई टक्कर दिइरहेको छैन ?

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment