Comments Add Comment

मरिच तस्करीमा संलग्न रहेको आरोपमा उत्तम अग्रवाल पक्राउ

१२ असार, वीरगञ्ज । मरिच तस्करीमा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका-५ निवासी व्यापारी उत्तम अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई निजी निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनी ग्लोबल लेदर इन्डष्ट्रीजका संचालक संजय अग्रवाल पटवारीका भाइ हुन् । यसघि संजयलाई सोही आरोपमा पक्राउ गरी ३ करोड ७६ लाख रुपैयाँ धरौटी माग गरिएकोमा नबुझाएपछि कारागार चलान गरिएको थियो ।

मरिच तस्करीमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि अग्रवाल पक्राउ परेको पुष्टि डीएसपी मानबहादुर राईले गरे । ‘राजश्व अनुसन्धान विभागको आग्रहमा उत्तम अग्रवाललाई पक्राउ गरेर विभागमा पठाएका छौं,’ उनले भने, ‘मरिच तस्करी बारे आवश्यक सोधपुछका लागि विभागले बोलाएको हुन सक्छ ।’

वीरगञ्ज भन्सार नाकाबाटै १२ टन मरिच तस्करी गर्न लागेको अवस्थामा प्रहरीले समातेर राजश्वलाई बुझाएपछि राजश्व अनुसन्धान विभागले नै मरिच तस्करीको विषयमा छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment