Comments Add Comment

राष्ट्रसंघद्वारा शान्ति सेनामा खटिएका नेपाली महिला सैनिकको प्रशंसा

१२ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पेरी ल्याक्रोसले शान्ति सेनामा खटिने नेपाली महिला सैनिकको प्रशंसा गरेका छन् ।

मंगलबार काठमाडौं आएका उपमहासचिव ल्याक्रोसले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा शान्ति सेनामा नेपाली महिला सैनिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उनीहरुको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाली सेनाको तर्फबाट हाल शान्ति स्थापनार्थ कार्यको लागि महिला सैनिकहरुको सहभागिताको समेत प्रंशसा गर्नुहुँदै आगामी दिनहरुमा उक्त सहभागिता अझ बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो’ प्रधानसेनापतिसँगको ल्याक्रोसको भेटबारे सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग छुट्टा-छुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ । ल्याक्रोसले पाँचखालस्थित नेपाली सेनाकोश्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पनि गर्नेछन् ।

मंगलबार त्रिभुवन विमानस्थलमा ल्याक्रोसलाई नेपाली सेनाको निरीक्षणाधिकृत उपरथी अनुजबहादुर बस्न्यातले स्वागत गरेका थिए । उनी असार १४ गते फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment