Comments Add Comment

डाक्टरले खेल नहेर्न सुझाव दिएपछि म्याराडोनाले भने – म ठीक छु

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा पटक पटक रोमाञ्चक बनेका अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनालाई डाक्टरले बीचमै खेल्न छाड्न सुझाएका थिए । तर उनले भने, ‘म ठीक छु ।’

५७ वर्षका म्याराडोनाले सन् १९८६ मा विश्वकप जिताउँदा अर्जेन्टिनी टिमको कप्तानी गरेका थिए ।

मंगलबार अर्जेन्टिनाले नाइजेरियालाई २-१ ले हराउँदा म्याराडोना डाक्टरकै निगरानीमा थिए । उनले इस्टाग्राममा आफू ठीक रहेको तस्बिर पनि पोस्ट गरेका थिए ।

‘मलाई डाक्टरले जाँचेका थिए । अनि सेकेण्ड हाफ सुरु हुनभन्दा अघि घर जान सुझाएका थिए । तर मलाई त्यहीँ बस्न मन थियो । अर्जेन्टिनी फुटबल यस्तो अवस्थामा हुँदा के हुन्छ भन्ने नहेरी म कसरी जान सक्थेँ’ उनले भने ।

पहिलो खेल आइसल्याण्डसँग १-१ को बराबरी र दोस्रो खेल क्रोएसियासँग ३-० ले हारेपछि म्याराडोनाले अर्जेन्टिनी टिमका सदस्यलाई भेट्न चाहेका थिए । तर भेट्न भने दिइएन । अर्जेन्टिनाको हरेक खेलका बेला उनी मैदानमै गएर हौसला बढाइरहेका छन् ।

मंगलबार राति भने उनी अर्कै दुनियाँमा पुगेको जस्तै गरी उत्साह देखाइरहेका थिए । घरी घरी निदाएका जस्ता देखिने उनी एक्कासी रोमाञ्चक भएर उफ्रिरहेका देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment