Comments Add Comment

फिल्मपछि टीभीमा पनि फ्लप हुँदै सलमान, ‘दसका दम’ मा देखिएन दम


बलिउड नायक सलमान खानको फ्यान फलोइङ यति चर्को छ कि उनको नामैले जुनसुकै फिल्म सुपरहिट हुन्छ । अहिले प्रदर्शन भइरहेको फिल्म ‘रेस ३’ कै कुरा गर्दा पनि समिक्षकहरुले रद्दी भन्दाभन्दै पनि फिल्मले सयौं करोडको कमाई गरिसकेको छ, सिर्फ सलमानको बलमा । खैर फिल्मको व्यापार अहिले भने ओरालो लागिसकेको छ ।

सलमान फिल्ममा मात्रै सिमित छैनन्, टेलिभिजन प्रस्तोताको रुपमा पनि चर्चित छन् । उनले चलाउने रियालिटी शो ‘बिग बोस’ भारतमा चर्चित रियालिटी शो मध्येमा पर्छ ।

यसैगरी सलमान अहिले ‘दशका दम’ नामक अर्को शो लिएर दर्शकमाझ आएका छन् । यो शो भने खासै चर्चित हुन सकेको छैन । त्यसैले टीआरपी रेटिङमा पर्न सकेको छैन । हप्तामा दुई दिन डेढ घन्टा आउने यो शो फ्लप हुँदै गएपछि सोनी टेलिभिजनले कार्यक्रम अवधि डेढ घन्टाबाट घटाएर एक घन्टामा सिमित राखेको छ ।

सलमान ९ वर्षपछि ‘दशका दम’ लिएर आएका हुन् । यसको प्रत्येक एपिसोडका लागि उनले १० करोडभन्दा बढि पारिश्रमिक लिने गर्छन् । तर, कार्यक्रम लोकपि्रय हुन नसकेपछि च्यानल समस्यामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment