Comments Add Comment

रेस ३ बाट सलमान खान मालामाल, वितरक कंगाल

बलिउड अभिनेता सलमान खानको पछिल्लो फिल्म ‘रेस ३’ लाई फ्लप मानिएको छ । सुरुका तीन दिन आक्रामक व्यापार गरेपछि त्यसपछि फिल्म सेलाएको थियो ।

फिल्मले अहिलेसम्म एक सय ७० करोडको व्यापार गरेको छ । पछिल्लो व्यापारको अवस्था हेर्दा २ सय करोडको आँकडा छुन लगभग असम्भव देखिन्छ । जबकि यसले ३ सय करोड नघाउने अनुमान फिल्मी पण्डितहरुले गरेका थिए ।

फिल्म फ्लप मानिए पनि सलमान खान भने मालामाल भएका छन् । यो फिल्म सलमानले एक सय २० करोडको लागतमा बनाएका हुन् । फिल्मले डिजिटल राइट एक सय करोडमा र सेटेलाइट राइट २५ करोडमा विक्री भइसकेको छ । यसको अर्थ सलमानको लगानी पहिल्यै सुरक्षित थियो । फिल्मले अनुमानित एक सय ८० करोडसम्म व्यापार गर्ने स्थिति छ । यो सलमानको चोखो मुनाफा हो ।

यसरी फिल्मबाट सलमान मालामाल भए पनि वितरकहरु भने डुबेका छन् । फिल्मले कम्तिमा ३ सय करोडको व्यापार गर्ने अनुमानका आधारमा उनीहरुले निकै महंगो रकममा खरिद गरेका  थिए । तर, त्यसो आधा मात्रै व्यापार भएपछि उनीहरु छट्पटाएका छन् ।

यसअघि सलमानको फिल्म ट्यूबलाइट पनि नराम्ररी फ्लप भएको थियो । फिल्म फ्लप भएपछि वितरकहरु सलमानको घरमै पुगेर पैसा फिर्ता मागेका थिए र सलमानले उनीहरुको आधा रकम फिर्ता गरिदिएका थिए । त्यसबाट असन्तुष्ट भएर सलमानले आगामी फिल्महरु आफैं वितरण गर्ने बताइसकेका छन् ।

रेस ३ को असफलतालाई सलमानलाई अहिले घाटा नदेखिए तापनि भविष्यका लागि भने चिन्ताको विषय बनेको छ । अब उनको आगामी फिल्मलाई चर्को मूल्य हाल्न वितरकहरु डराउने छन् । साथै फिल्ले सलमानको स्टारडम पनि खस्केको छ । समिक्षकहरुले मात्र नभएर सलमानका खाँटी फ्यानहरुले पनि यस फिल्मको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment