Comments Add Comment

शाहरुखले भनेः म्याराडोनाले मेरो प्रेसर बढाए

भारतमा क्रिकेटजस्तो फुटबल लोकप्रिय छैन । त्यसैले त्यहाँ विश्वकपको खासै रौनक छैन । यद्यपि, केही सेलिब्रिटीहरु भने फुटबलका फ्यान छन् । जसमध्ये एक हुन् शाहरुख खान ।

आइपीएल टिम कलकत्ता नाइट राइडर्सका मालिक उनी फुटबलमा भने अर्जेन्टिनालाई समर्थन गर्छन् । मेसीका फ्यान हुन् । मंगलबार राति अर्जेन्टिना र नाइजेरियाबीचको निणर्णायक खेलमा उनी निकै व्यग्र बने । सो खेलमा अर्जेन्टिनालाई गर या मरको अवस्था थियो ।

शाहरुखले सो म्याच हेर्न आएका म्याराडोनाले आफ्नो ब्लड प्रेसर बढाइदिएको बताएका छन् । उनले टि्वटरमा लेखेका छन्, ‘उफ म्याराडोनाले मेरो प्रेसर बढाइदिए ।’

म्याराडोना सो खेल हेर्ने क्रममा निकै तनावमा देखिएका थिए । सायद त्यसैको असर शाहरुखलाई पनि परेको थियो ।
शाहरुखले नाइजेरियाप्रति सहानुभूति भए पनि अर्जेन्टिना प्ले अफमा जानै पर्ने बताएका छन् ।

अर्का बलिउड नायक रणवीर सिंह पनि अर्जेन्टिना र मेस्सीका फ्यान हुन् । अर्जेन्टिना र नाइजेरियाको म्याच चलिरहँदा उनी पनि टि्वटरमा सक्रिय भएका थिए । उनले मेस्सीको गोलको निक्कै तारिफ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment