Comments Add Comment

भारतीय प्राविधिक भन्छन्- खाँडो नदीको बहाब निकास जरुरी

१३ असार, सप्तरी । भारतीय प्राविधिकहरुले प्रत्येक वर्षायाममा सप्तरीवासीको दक्षिणी भेगलाई डुबाउँदै आएको खाँडो नदीको बहाब निकास जरुरी रहेको महसुस गरेका छन् ।

खाँडो नदीलाई एकतर्फी रुपमा थुन्ने किसिमले भारतीयहरुले सप्तरीको सिमावर्ती कुनौलीमा बाँध बनाएपछि केही वर्षयता तिलाठीसहित नेपाली भू भाग डुबानमा पर्दै आएको छ ।

एकतर्फी रुपमा भारतले बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेपछि नेपाली र भारतीयबीच दुई वर्षअघि झड्पसमेत भएको थियो । झडप गरेर भएपनि नेपालीहरुले उक्त बाँध भत्काइदिएका थिए ।

नेपाली र भारतीयबीच झड्प भएपछि दुबै देशका प्राविधिकहरुले सहमतिमा बाँध बनाउने जनाएका थिए ।

खाँडो नदीको बहाबलाई निकास नदिएसम्म डुबान समस्या यथावत रहने यसअघि पनि सहमति हुँदा पनि काम अगाडि बढ्न सकेको थिएन् ।

सन् २०१४ मै खाँडो नदीको बहाब निकासका लागि डीपीआएर तयार गरिएको थियो । बनाइएको डिपिआरमा थपघट गर्नुपर्ने आवश्यक्तालाई महसुस गरी नेपाली र भारतीय प्राविधिकहरुले अनुगमन गरेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

अनुगमनका क्रममा भारतीय प्राविधिकहरुले खाँडो नदीको बहाबलाई निकास दिनुपर्ने महसुस गरेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख बिष्णुदेव यादवले बताए ।

दुबै देशका प्राविधिक टोलीहरुले खाँडो नदीको तटीय क्षेत्रको अनुगमन गर्नुका साथै स्थानीयहरुसँग कुराकानीसमेत गरेपछि यस्तो महसुस गरेको यादवले जनाए ।

अनुगमन निरीक्षण गरेपछि यो कामलाई अगाडि बढाउने प्रतिकृया भारतीय पक्षले दिएका छन् । भारतीय पक्षले चाँडै यो कामलाई अगाडि बढाउने बताएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।

खाँडो नदी अनुगमन तथा निरीक्षण गर्नका लागि नेपालको तर्फबाट जल उत्पन्न प्रकोप व्यवस्थापनका उप महानिर्देशक प्रदीप थापा, खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख बिष्णुदेव यादवसहितका तथा भारतको जल संशासधन मन्त्रालयका निर्देशक अजय कुमार, प्रकाश कुमार, रबीन्द्र कुमारसहितका प्राविधिकहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment