Comments Add Comment

‘ब्ल्याक’को ट्रेलर रिलिज, आकाश र आँचलको प्रेममा आयुष भिलेन

निर्देशक प्रदिप श्रेष्ठले केही बर्षको अन्तरलापछि नयाँ चलचित्र निर्देशन गरेका छन् । उनले, निर्देशन गरेको चलचित्र ‘ब्ल्याक’को आज ट्रेलर सार्वजनिक भएको छ । आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा देखिएका छन् ।

चलचित्रमा नायक आयुष रिजाललाई खलपात्रको रुपमा देखाइएको छ । आकाश र आँचलको प्रेममा आयुष भिलेन बनेको ट्रेलरबाट पनि प्रष्ट हुन्छ ।

भदौ १ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा सायरी र संवादलाई बढी स्थान दिइएको छ । प्रेममा आउने उतारचढाव, त्याग, लफडा र मिलनको कथालाई चलचित्रले उठान गरेको छ ।

निर्देशक प्रदिप श्रेष्ठले डार्क प्रेम कथामा यो चलचित्र निर्माण गरेको बताए । उनले, चलचित्रले दर्शकको मन छुने समेत दाबी गरे । यस्तै, नायक आकाश श्रेष्ठले आफूहरुले निकै मिहिनेत गरेर एउटा राम्रो चलचित्र बनाएको दाबी गरे । नायिका आँचल शर्माले पनि चलचित्रको कथावस्तु निकै राम्रो रहेको र लिड भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

चलचित्रका अर्का कलाकार सुन्दर श्रेष्ठले एक्सन अवतारमा दर्शकले आफूलाई हेर्न सक्ने बताएका थिए । चलचित्रकी निर्मात्री आश्मा पाण्डेले चलचित्र हेर्दा दर्शकले मोबाइल चलाउन नपर्ने बताइन् ।

चलचित्रमा भीएफएक्सको उच्च प्रयोग गरिएको छ । भीएफएक्सका लागि ९ महिना समय लागेको निर्माणपक्षले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment