Comments Add Comment

सोलो नायिकाको अफर कुर्दै आँचल


चलचित्र ‘सत्रु गते’ रिलिज अगाडि नायिका आँचल शर्माको हाइप निकै बढेको थियो । रिलिजपछि भने उनले खासै चर्चा पाउन सकिनन् ।
मल्टिस्टारर यो फिल्म फिल्म व्यवसायिकरुपमा सफल भयो तर क्रेडिट हास्यकलाकारहरुले लगे । ओझेलमा परिन्् आँचल । सत्रु गतेपछि उनले नयाँ चलचित्र साइन गरेकी छैनन् ।

आज आयोजना भएको चलचित्र ‘ब्ल्याक’को एक कार्यक्रममा आँचलले ‘सत्रु गते’ मा अभिनय गरेर पछुताएको घुमाउरो किसिमले इङ्िगत गरेकी छन् । उनले नयाँ चलचित्र साइन नगर्नुको कारण खोल्दै भनिन्-‘अब म ठूलो हुल भएको चलचित्रमा काम नगर्ने सोचमा छु । सत्रु गतेको सफलताको क्रेडिट मैलो सोलो रुपमा लिन पाइनँ । म केही स्वार्थी बन्न खोजेकै हुँ ।’

आँचलले ‘सत्रु गते’मा काम गरेर आफू पछुताएको कुरालाई भने सिधै स्विकार गरिनन् । उनले अगाडि थपिन्-‘म अब सोलो नायिकाको अफर कुरिरहेको छु । जसमा, मेरो काम देखियोस् र मैले त्यसको फाइदा लिन सकुँ ।’

सायद, नायक पल शाहले नयाँ चलचित्र साइन नगर्नुको कारण पनि यही हुनसक्छ । आँचलले आफूलाई हरेक नायकसँग काम गर्न सहज हुने समेत बताइन् । उनले भनिन्-‘एउटा कलाकार भैसकेपछि हरेक खालको चलचित्रमा काम गर्नुपर्छ । पल शाहसँग मात्र गर्नुपर्छ भन्ने होइन । म सबैसँग सहज छु ।’

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment