Comments Add Comment

पुजा शर्माको गफः मेस्सी र म उस्तै

यतिबेला विश्वकप फुटबलको ज्वरोले नछोएको सायदै कसैलाई होला । सेलिब्रेटीहरु मात्रै यसबाट अछुतो हुने कुरै भएन ।

फुटबलप्रेमी सेलिब्रेटीहरु अहिले आफ्नो प्रिय टिमको जर्सी लगाएर अन्तरवार्ता दिन व्यस्त छन् । अरुबेला फुटबल नहेर्नेहरु पनि लहैलहैमा लागेका देखिन्छन् । यही मेसोमा नायिका पुजा शर्माले चाहिँ एउटा स्टाटस लेखेर आफूलाई अर्जेन्टिनी सुपरस्टार मेस्सीसँग दाँजेकी छन् ।

मेस्सीलाई विपक्षी खेलाडीहरुले चारैतिर घेरेको भाइरल फोटो सेयर गर्दै उनले यसरी दाँजेकी हुन् । पुजाले लेखेकी छन्, ‘मेस्सी र म उस्तै हौं । जब म खेल्न खोज्छु, धेरै परिस्थितिहरुले घेर्छन् । रामकहानीलाई पनि धेरै फिल्महरुले पछाडि तान्न खोजिरहेका छन् ।’

उनी थप्छिन्, ‘ठीक छ । यो फुटबलमा मेस्सीले भोगिरहेको जस्तै अवस्था हो । मन पराए पनि वा घृणा गरे पनि तपाईं उसको खेल हेर्नुहुन्छ ।

उसलाई कसैले रोक्न सक्दैन किनकी फ्यान र शुभचिन्तकहरुको माया उसँग छ । म पनि एउटा खेलाडी हुँ, जसलाई फ्यानहरु र शुभचिन्तकको माया छ । म प्रतिस्पर्धाको लागि होइन, आफ्ना फ्यान र शुभचिन्तकका लागि फिल्म बनाउँछु ।’

पुजाको यो स्टाटसमा पूजाका नजिक मानिएका निर्देशक सुदर्शन थापाले ‘ठिक भन्यौ’ भन्दै प्रतिक्रिया दिएका छन् । यसैगरी हास्यकलाकार दिपकराज गिरीले कमेन्टमा लेखेका छन्, ‘चिन्ता नगर । यदि तिमी घेरिएकी छौ भने पक्कै राम्रो खेलिरहेकी छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment