Comments Add Comment

‘कोरियन मेक्सिकन भाइ भाइ … !’

१४ असार, काठमाडौं । विश्वविजेता जर्मनीलाई विश्वकप समूह चरणबाटै घर पठाउँदा दक्षिण कोरियन टिमको सान्त्वना खेलले धेरै समर्थकलाई खुशी दियो । दक्षिण कोरियाको जितमा यसरी खुसी हुनेमा कोरियन भन्दा धेरै मेक्सिकन थिए ।

विश्वकपमा समूह ‘एफ’ को खेल चलिरहँदा अघिल्लो चरणमा जाने सम्भावना सबैको थियो । तालिकाको शीर्ष स्थानमा रहेको मेक्सिकोले स्वीडेनसँग गोल खाइरहँदा जर्मनी कोरियाको पोस्टमा प्रहार गर्दै थियो ।

स्वीडेनसँग तीन गोल खाइसक्दा विश्वकप नै गुमाउनु पर्ला की भनेर डराइरहेका मेक्सिकन समर्थकलाई जर्मनीलाई दुई गोल हानेर हराउँदै कोरियन खेलाडीले खुसी दिए ।

खेलपछि मेक्सिकोस्थित दक्षिण कोरियाली दूतावास अघि सयौँको संख्यामा भेला भएका मेक्सिनहरुले कोरियाको समर्थनमा नारा नै लगाए ।

कोरियनहरु असाध्यै राम्रा छन्, धेरै धेरै धन्यबाद, कोरियन मेक्सिकन भाइ भाइ जस्ता नारा लगाउँदै उनीहरुले खुसीयाली मनाइरहेका थिए ।
यतिमात्रै होइन मेक्सिकन एअरलाइन्स एरोमेक्सिकोले त कोरियासँग हुने आˆनो उडानमा २० प्रतिशत छुटको घोषणा नै गरिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment