Comments Add Comment

मेस्सी बस्ने होटलबाहिर आँखा झिम्क्याइरहेका रोनाल्डो !

काठमाडौं । विश्वकपमा अन्तिम १६ को खेलमा अर्जेन्टिनाले शनिबार राति पौने ८ बजे फ्रान्सको सामना गर्ने छ । खेल रसियाको कजानमा हुनेछ ।

कजानमा अर्जेन्टिनी टिमले फ्रान्सको सामना गर्नुअघि आँखा झिम्याइरहेका क्रिष्टियानो रोनाल्डोलाई पाउने छन् । कजानमा अर्जेन्टिनी टिम बस्ने होटल बाहिरको भित्तामा ठूलो आकारमा क्रिष्टियानो रोनाल्डोको पेन्टिङ बनाइएको छ ।

पेन्टिङमा रोनाल्डो आँखा झिम्क्याइरहेका देखिन्छन् ।

तीन तले होटलको एकतर्फी भित्ताभरी नै रोनाल्डोको चित्र बनाइएको छ । तर यो चित्र यसैपटक बनाइएको भने होइन । गएको वर्ष फिफा कन्फेडेरेसन कप हुनुअघि पोर्चुगल टिम त्यही होटलमा बसेकाले उनीहरुको स्वागतमा रोनाल्डोको चित्र बनाइएको थियो । जुन अहिलेसम्म उस्तै छ ।

कजानमा विश्वकप टिमका लागि होटल रमाडा र होटल मिरेज छुट्याइएको थियो । विश्वकप समूह ‘सी’ बाट पहिले नै अन्तिम १६ मा पुगिसकेको फ्रान्सले होटल मिरेज रोजेपछि अर्जेन्टिनी टिमको लागि रमाडा होटल नै अन्तिम विकल्प बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment