Comments Add Comment

टाटा गुरु सम्मेलन


१४ असार, काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रालिले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट श्री जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताए ।

मेकानिक्सहरुलाई आˆनो परिवारको रुपमा एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षितका साथै मितव्ययी छ भन्ने कुराहरु आˆना ग्राहकहरुमा पुर्‍याउन सफल बनाएकोले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गर्नुको साथै आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत्सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिईएको थियो ।

प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो ।

जसमा पूर्व तर्फबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरु ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो साथै काठमाण्डौबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा श्री जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको हातबाट सम्मान दिलाए ।

साथै यस कार्यक्रममा २१ जना टाटा गुरुहरुलाई सम्मान गरिएको थियो । टाटा जेनुईन पार्टस्को प्रयोगले हुने चौतर्फी फाईदाहरु लाई मध्यनजर राख्नु नै टाटा गुरुको मुख्य दायित्व हो भन्ने कुरामा जोड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment