Comments Add Comment

इन्स्टाग्रामको मूल्य १ खर्ब डलर

फोटो सेयरिङ प्लाटफर्म इन्स्टाग्रामलाई सन् २०१२ मा फेसबुकले खरीद गरेपश्चात् यसको लोकप्रियता बढिरहेको छ । लोकप्रियता मात्र होइन इन्स्टाग्रामको ब्राण्ड भ्यालू पनि चुलिएको छ । फेसबुक मातहत रहेको इन्स्टाग्रामलाई यदि छुट्टै कम्पनीको रुपमा मूल्यांकन गर्नेहो भने अहिले यसको मूल्य १ खर्ब डलर भन्दा माथि पुगेको एक अध्ययनले देखाएको छ ।

ब्लुम्बर्ग इन्टेलिजेन्सले तयार पारेको डाटा अनुसार सन् २०१२ मा फेसबुकले खरीद गर्दाको समयमा भन्दा अहिले इन्स्टाग्रामको मूल्य १ सय गुणाले बढेको छ ।

जुन महिनाको सुरुमा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको थियो । आगामी १२ महिनामा इन्स्टाग्रामबाट प्राप्त हुने आम्दानी १० अर्ब डलर पुग्ने अनुमान पनि ब्लुम्बर्गले गरेको छ ।

इन्स्टाग्राममा नयाँ प्रयोगकर्ता थपिने क्रम फेसबुकको भन्दा तिव्र रहेको र आगामी ५ वर्षभित्रैमा इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या २ अर्ब नाघ्ने ब्लुमबर्ग इन्टेलिजेन्सको रिपोर्टमा उल्लेख छ ।

शोधकर्ता जितेन्द्र वारलले तयार पारेको रिपोर्ट अनुसार इन्स्टाग्रामका प्रयोगकर्ताहरु फेसबुक प्रयोगकर्ता भन्दा औषतमा कम उमेरका रहेका छन् । जसका कारण इन्स्टाग्राम विज्ञापनदाताहरुका लागि पनि आकर्षण बनिरहेको छ । अमेरिकामा फेसबुकका प्रयोगकर्ताको वृद्धिदरमा कमी आइरहेको बेला इन्स्टाग्रामका प्रयोगकर्तामा भने बढोत्तरी भैरहेको छ ।

फेसबुक कम्पनीको कुल राजश्वमा इन्स्टाग्रामको हिस्सा गत वर्ष १०.६ प्रतिशत रहेकोमा अर्को वर्षसम्ममा १६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

इन्स्टाग्रामले गत हप्ता सुरु गरेको आइजिटिभी फिचरले यसको लोकप्रियता झनै बढाउने ठहर ब्लुमबर्गले गरेको छ । यद्यपि यस वर्षको इन्स्टाग्रामको राजश्वको अधिकांस हिस्सा भने यसको न्युजफिडमा आउने विज्ञापनबाटै हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment