Comments Add Comment

रोकिएन सुन तस्करी, ८ तोला सुनसहित एक समातिए

१५ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन तस्करी अझै नरोकिएको पुष्टि भएको छ ।

साढे ३३ केजी सुन तस्करी प्रकरणबाट तस्करीको र्‍याकेटबारे विशेष सरकारी समितिले अनुसन्धान गरिरहेकै वेला अवैध सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलील विमानस्थलको भन्सार छलेर ल्याइएको १ सय ग्राम सुनसहित जितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीलाई काठमाडौं–७, चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।

उनको साथबाट विभिन्न कम्पनीको ४ वटा ल्यापटप बरामद भएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि प्रहरीले वीरगञ्जबाट पनि एक किलो सुनसहित एक व्यक्तिलार्इ पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment