Comments Add Comment

श्रीमती सुत्केरी भएपछि घर गए इंग्ल्याण्ड मिडफिल्डर डेल्फ

काठमाडौं । विश्वकपका लागि रसियामा रहेका इंग्ल्याण्ड टिमका मिडफिल्डर फाबियन डेल्फ तेस्रो सन्तानको पिता बनेपछि घर फर्किएका छन् ।

२८ वर्षका डेल्फले समूह चरणमा ट्युनिसियाविरुद्धको खेल खेलेका थिएनन् । पानामाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश पाएका उनले बेल्जियमविरुद्ध पूरा समय खेलेका थिए ।

म्यानचेस्टर सिटीका खेलाडी रहेका उनलाई विश्वकप सुरु हुनुअघि नै विश्वकप चलिरहँदा यस्तो अवस्था आइपर्छ भन्ने थाहा थियो । प्रशिक्षक ग्यारथ साउथगेटले नै उनलाई श्रीमती भेट्न जाने अनुमति दिएका हुन् ।

‘मेरा लागि परिवारभन्दा महत्वपूर्ण कुरा अरु केही हुनै सक्दैन । प्रशिक्षक साउथगेटले निकै राम्रो भूमिका निभाउनुभयो । उहाँले मलाई अनुमति दिनुभयो । केही रोज्नुपर्दा मेरा लागि परिवार नै सबैभन्दा अघि आउँछ र आइरहने छ’ डेल्फले भने ।

आगामी मंगलबार अन्तिम १६ को खेलमा इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ । अभ्यासका बेला डेल्फ नरहे पनि खेल हुँदासम्म उनी फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment