Comments Add Comment

पोखरामा पर्यटकसँग हिलो खेलेर मनाइयो असार पन्ध्र (फोटो फिचर)

१५ असार, पोखरा । असार १५ अर्थात धान दिवसको अवसरमा पोखरामा आयोजना गरिएको १५ औं असारे रोपाई महोत्सवमा आन्तरिक र बाह्य पर्यटक रमाए ।

पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गर्दै आएको छ । शुक्रबार पोखराको पर्यटकीय क्षेत्र पामेमा आयोजना गरिएको महोत्सवमा पर्यटक रमाएका हुन् ।

‘हरियो डाडाँमाथि हलो जोत्ने साथी’ जनकवि केशरी धर्मराज थापाको यो कालजयी गीतलाई फेरि एकपकट स्मरण गदै पर्यटकलाई दही र चिउराले स्वागत गर्न पोखरा लेखनाथ महानगरपालिका २४ पामेका स्थानीयहरु ब्यस्त थिए । टपरीमा दही रोटी र चिउराको स्वाद अनि हिलोमा खेलेर पर्यटक रमाएका थिए ।

हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक पामेमा आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए । नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउँदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो अध्यक्ष शर्माको भनाइ थियो ।

खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुँदै पर्यटक दही र चिउराको स्वादमा नाच्दै नेपाली संस्कृतिमा रमाए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भएका थिए । असारे रोपाई महोत्सवको लागि भनेर विभिन्न देशका पर्यटक सहभागी भएका थिए  ।

तस्वीरहरु: युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment