Comments Add Comment

धान दिवसमा कृषि औजार वितरण

१५ असार, वीरगञ्ज । धान दिवसको अवसर पारेर पर्सामा किसानका लागिलाई शुक्रबार दिउँसो कृषि औजार हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन इकाइ कार्यालय पर्साले किसानका लागि आवश्यक पर्ने विभिन्न कृषि औजार उपकरण हस्तान्तरण गरेको हो ।

तरकारी जोनमा आवद्ध १० कठ्ठा भन्दा माथि खेति गर्ने १ सय २ वटा समूहलाई कृषि कर्ममा प्रयोग हुने औजार उपकरण हस्तान्तरण गरिएको तरकारी जोन परियोजनाको इकाइ प्रमुख वीरेन्द्र सिन्हाले जानकारी दिए ।

उनीहरुलाई पम्पसेट ५० थान, स्प्रेयर १ सय थान, हजारी १ सय थान, तरकारी क्रेट २ सय ५० थान, बेर्ना रोप्ने हाते मेशिन ३२ थान हस्तान्तरण गरिएको थियो ।

जिल्ला कृषि विकास कार्यालय पर्साको सभाहलमा भएको हस्तान्तरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले औजार उपकरणको सदुपयोग गर्न आग्रह गरे । ‘मेशिन नलिइकन भरपाई नगर्नुस्, मेशिन लिएपछि सामुहिक प्रयोग गरेर फाइदा लिनुस,’ उनले भने, ‘त्यसको सदुपयोग गर्न सके सबैलाई फाइदा हुन्छ ।’

प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजनालाई स्वदेशी सोच, स्वदेशी लगानी र आन्तिरक संस्थागत जनशिक्तबाट तयार भएको कृषि वकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा हेर्ने गरिन्छ ।

परियोजना अन्र्तगत पर्सा जिल्लामा हाल ३५० विगाहा जमिनमा तरकारी खेती हुँदै आएको छ । परियोजनामा १७३ वटा कृषि समूहहरु आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment