Comments Add Comment

किसानको रुपमा देखिए गृहमन्त्री बादल

 

१५ असार, काठमाडौं । शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए ।

‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका-१ मा आयोजित रोपाईं कार्यक्रममा गृहमन्त्री बादल फरुवा (चाँदे) बोकेर खेतमा पुगेका थिए ।

वाइसीएल र युवा संघ नेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे र रोपारको कामसमेत गरेका थिए ।

कार्यक्रममा वाइसीएल अध्यक्ष दीपशीखा र युवा संघ नेपालका उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment