Comments Add Comment

प्रदेश २ः सांसदको दबावपछि निर्वाचन क्षेत्रको बजेट दोब्बर


१७ असार, जनकपुर । प्रदेश २ सरकारले सांसदको दबावमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम दोब्बर बनाएको छ । केन्द्रमा निर्वाचन क्षेत्र विकास कोषको रकम पुनरावलोकनको माग उठिरहेका बेला प्रदेश सरकारले भने पहिलेको भन्दा दोब्बर बनाएको हो ।

प्रदेश सरकारले पेश गरेको बजेटमा संसदीय क्षेत्र विकास कार्यक्रममा २५ लाख र प्रत्येक निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सांसदहरुले असहमति जनाएपछि प्रदेश सरकारले संसदीय क्षेत्र विकास कार्यक्रमको बजेट ५० लाख र भौतिक पूर्वाधार निर्माण शीर्षकको बजेट १ करोड पुर्याएको छ ।

यसैबीच, प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०७५–७६ को बजेट संसदले पारित गरेको छ । २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट शुक्रबार बसेको प्रदेशसभाको बैठकले विपक्षी दल कांग्रेसको असहमतिकै बीच पारित गरेको हो ।

खर्च कटौती विनियोजन विधेयकमा प्रमख प्रतिपक्षी दल कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको थियो । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत तटबन्ध र बाँध निर्माणमा बिनियोजित बजेटसँगै समाजिक विकास र भूमि व्यवस्थापन कार्यालयको बजेट कटौती गर्नुपर्ने प्रस्ताव सहित संशोधन दर्ता गराएको थियो । बजेटमा मन्त्रालयलाई एकमुष्ट बिनियोजन गरिएको रकम पनि शीर्षक अनुसार छुट्टयाउनुपर्ने कांग्रेसको माग छ ।

तर कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरे पनि बजेट पारित भएको छ । बजेट बहुमतले पारित भए पनि नेपाली कांग्रेसले संशोधन प्रस्ताव फिर्ता लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment