Comments Add Comment

बल्ब चोर्न यस्तो मरिहत्ते (भिडियोसहित)

सोसल मिडियामा हरेक दिन विभिन्न खालका भिडियो भाइरल हुन्छन् । ती मध्ये केही निकै मनोरञ्जक हुन्छन् । पछिल्लो पटक भारतको तमिलनाडुमा एउटा चोरको भिडियो भाइरल बनिरहेको छ । यो भिडियो हेर्दा सायद नहाँस्ने कोही हुँदैन ।

भिडियोमा एकजना मानिसले सडक किनाराको यात्रु प्रतिक्षालय जस्तो देखिने टाउँमा टाँगिएको बल्ब चोर्ने कोसिस गरिरहेको छ । रातको समयमा बलिरहेको बल्ब चोर्नका लागि उसले निकै बाठो बनेर अर्कै नाटक गरिरहेको हुन्छ । बल्ब चोर्नुभन्दा अघि उक्त मानिसले जे काम गर्दछ त्यो सबैभन्दा रोचक छ ।

रातको समयमा प्रतिक्षालयमा दुइवटा बल्ब बलिरहेका छन् । एउटा अलिक ठूलो र महंगो खालको छ, र अर्को सामान्य सिएफएल बल्ब छ । सडकमा गाडिहरु आवतजावत गरिरहेका छन् र केही मानिसहरु पनि हिँडडुल गर्दछन् बेलाबेलामा । एकजना मानिस भने त्यो रात बिरातमा सडक किनाराको यात्रु प्रतिक्षालयमा उभिएर जिउ तन्याक तुनुक पारिरहेको छ, मानौँ ऊ आफ्नो स्वास्थ्यमा निकै सचेत छ र रातको समयमा पनि व्यायाम गर्दछ ।

हेर्नुस् भिडियो

तर वास्तवमा व्यायाम त उसको मानिसहरुलाई गुमराहमा पार्ने जुक्ति रहेछ । उसको ध्याउन्न चाहीँ रातको समयमा बल्ब चोर्ने मौका ढुकिरहेको कुरा अरुले पत्तो नपाउन् भन्ने रहेछ । मानिस जिउ तन्काउँदै सडकमा यताउता हेर्दछ र कतिबेला आफुले चोर्ने सोँच बनाएको बल्फतर्फ दुबै हात लैजान्छ ।

तर एकदुई प्रयासमा बल्ब निस्किँदैन । एक दुईपटक त बल्बमा हात लगेको बेला बाटोमा गाडीको प्रकाश चम्किलो भएपछि उसले हात तल झार्दछ । तर जब सडकमा केहीछिनका लागि गाडी गुड्दैनन् र समय एकान्त बन्दछ, उसले दुबै हातले बल्ब निकाल्छ र गोजीमा हाल्दछ । अनि यताउता हेरेर आफ्नो बाटो लाग्दछ ।

२ मिनेटको यस भिडियो तमिलनाडुको कोयंबटुरमा सिसिसिभी क्यामेराले खिचेको हो । सडकमा सिसिटिभी क्यामरा छ भन्ने हेक्का समेत त्यो चोरलाई रहेनछ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment