Comments Add Comment

वैज्ञानिकको निष्कर्ष: ब्रम्हाण्डमा मानिस मात्र एक्लो बुद्धिमान प्राणी

मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क ग्र्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन ।

एलियनले मानिसले पठाएका सन्देशको जवाफ किन दिँदैन ? एलियन आखिर कहाँ छ ? आखिर एलियन छ कि छैन ?

कहाँ छ एलियन ?

यो प्रश्न सन् १९५० मा चर्चित भौतिकशास्त्री एनरिको फर्मीले आफ्ना एक सहकर्मीसँग सोधेका थिए ।

फर्मीको दाबी थियो की यो ब्रम्हाण्डमा मानिस जस्तै अरु केही बुद्धिमान सभ्यताहरु अलग अलग ग्रहमा रहेका छन् ।

तर यो प्रश्न फेरि उठ्दछ कि यदि एलियन छ भने त्यससँग हाम्रो सम्पक किन हुँदैन ? आखिर एलियन कहाँ छ ?

यो प्रश्न सबैभन्दा पेचिलो प्रश्न हो र यहीँ प्रश्नका कारण पैदा भएको विरोधाभासलाई फर्मी प्याराडक्सको नामले चिनिन्छ ।

एनरिको फर्मी

एसइटिआइ अर्थात् सर्च फर एक्स्ट्रा टेरिस्ट्रियल इन्टेलिजेन्स संस्थाले केही वर्षदेखि यो प्रश्नको जवाफ खोजिरहेको छ ।

सौर्यमण्डल समेत रहेको आकाशगंगामा १ सय अर्बभन्दा धेरै ताराहरु छन् ।

विरोधाभासले भरिएको फर्मी प्याराडक्सका सम्बन्धमा अक्सफोर्ड विश्वविद्यालयका तिनजना शोधकर्ताहरुले हालै एक अध्ययन गरे ।

उनीहरुले गरेको शोधको नाम डिजल्भिङ्ग द फर्मी प्याराडक्स राखिएको थियो ।

शोधकर्ताहरुको ठहर छ कि मानिस ब्रम्हाण्डको एक्लो जिवित बुद्धिमान प्राणी हुनसक्छ । अर्थात् मानिसजस्तै बुद्धिमान अरु कुनैप्नि प्राणीको यो ब्रम्हाण्डमा अस्तित्व छैन ।

यसको निष्कर्ष के हो भने ब्रम्हाण्डमा एलियन भन्ने चिज नै छैन ।

कसरी पुगियो यस्तो निष्कर्षमा ?

शोधकर्ताहरुमध्ये एक हुन् एनडर्स स्याण्डबर्ग । उनी अक्सफोर्ड विश्वविद्यालयको फ्युचर अफ ह्युमानिटी इन्स्टिच्यूटका शोधकर्ता हुन् ।

अर्का वैज्ञानिक हुन् एरिक ड्रेक्सलर । उनको नानो टेक्नोलोजी सम्बन्धी अवधारणा निकै लोकप्रिय छ । त्यस्तै दर्शनशास्त्रका प्राध्यापक टोड आर्ड पनि शोधकर्ता टोलीका सदस्य हुन् ।

शोधका क्रममा फर्मी प्याराडक्सलाई एक गणितीय आधारमा विश्लेषण गरिएको छ, जसलाई ड्रेक समिकरण भनिन्छ ।

यो समिकरण पहिले पहिले प्रयोग आउँथ्यो । जसबाट ती सम्भावित ठाउँहरुको सूचि बनाइन्थ्यो जसमा जिवनको सम्भावना रहेको थियो ।

अध्ययनमा जिवनसँग जोडिएका कैयन् रहस्यहरुको जाँच गरेसँगै शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की ब्रम्हाण्डमा मानिस नै एक्लो जिवित बुद्धिमान प्राणी रहेको सम्भावना ३९ देखि ८५ प्रतिशत सम्म रहेको छ ।

शोधकर्ताहरुले भनेका छन्, ‘ब्रम्हाण्डमा मानिस बाहेक अरु कुनै बुद्धिमान सभ्यता नभएको र मानिस मात्र एकलो बुद्धिमान प्राणी भएको सम्भावना निकै धेरै छ ।’

यद्यपि शोधकर्ताहरुले सम्भावित एलियन तथा ब्रम्हाण्डको अर्को हिस्सामा जिवनको सम्भावना बारेमा वैज्ञानिकहरुले खोजी भने जारी राख्नुपर्ने बताएका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment