Comments Add Comment

जर्मनीलाई हराएर फर्किएका खेलाडीलाई कोरियामै अण्डा प्रहार

काठमाडौं । विश्वकपमा समूह चरणको अन्तिम खेलमा विश्वविजेता जर्मनीलाई २-० ले हराउँदा दक्षिण कोरियन खेलाडीको चर्चा सबैतिर भयो ।

कोरियाको जितमा मेक्सिकोसम्म र्‍याली निस्किरहेका बेला कोरिया फर्किएका खेलाडीलाई भने अण्डा प्रहार भएको छ ।

घर फर्किएका खेलाडीमाथि भएको शत्रुतापूर्ण व्यवहारले सबै आश्चर्यचकित भएका छन् । कोरिया फर्किएका खेलाडीसहित भइरहेको पत्रकार सम्मेलनमा केही मानिसले खेलाडीहरुमाथि अण्डा प्रहार गरेको हो ।

इन्चेयोन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागतमा भेला भएका झण्डै ५ सय को संख्यामा रहेका समर्थकमध्ये केहीले अण्डा प्रहार गरेका हुन् ।

हेर्नुस् भिडियो

आफूहरुमाथि एक्कासी भएको अभद्र व्यवहारले खेलाडीहरु निकै असामञ्जस्यमा परे । उनीहरु समर्थकको नराम्रो व्यवहारका बीच पनि मञ्चमै बसिरहेका थिए ।

समर्थकको नराम्रो व्यवहारपछि पनि प्रशिक्षक सिन ताय योङले सबैलाई धन्यवाद दिए । ‘यहाँ हाम्रो स्वागतमा आउनुभएका सबैलाई धन्यवाद । हामी समर्थकबिना केही पनि गर्न सक्दैन थियौं । रसियामा हामीले जे गर्‍यौं त्यसमा समर्थकको ठूलो साथ छ’ उनले भने ।

विश्वकप समूह ‘एफ’मा रहेको दक्षिण कोरिया स्वीडेनसँग १-० ले साथै मेक्सिकोसँग २-१ ले हारेको थियो । अन्तिम खेलमा जर्मनीलाई २-० ले हराए पनि कोरिया अघिल्लो चरणमा जान सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment