Comments Add Comment

झरना र रेखाको सेल्फी, कुनै समय थियो नम्बर १ को टकराव


नायिका झरना थापा र रेखा थापाविच कुनै समय नम्बर १ को लडाई खुबै चलेको थियो । यही टकरावका कारण उनीहरुको व्यक्तिगत सम्वन्ध पनि त्यति सुमधुर थिएन ।

झरनाले रेखाप्रति लक्षित गर्दै आफू नै नेपालको नम्बर १ नायिका भएको सिधै भनेकी थिइन् । आफू एक दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा चलिरहेको भन्दै झरनाले रेखालाई जवाफ दिएकी थिइन् ।

रेखा र झरनाविच नम्बर १ को कलह अहिले छैन । किनकी, दुबै जना नायिकामा चल्न छाडेका छन् । झरनाले आफूलाई निर्देशनमा अब्बल साबित गरिसकेकी छिन् भने रेखाले अझै यो प्रमाणित गर्न बाँकी छ ।

रेखाले चलचित्रमा अभिनय गर्न छाडेकी छैनन् भने झरना भने अभिनय छोडेर पूर्ण रुपमा निर्देशनमा होमिएकी छिन् । उनै, रेखा र झरना शनिबार बेलुकी चलचित्र विकास बोर्डमा आयोजना भएको कार्यक्रममा एकसाथ देखिए । चलचित्र विकास बोर्डको बाषिर्कोत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा उनीहरु हास्यकलाकार केदार घिमिरेसँग सेल्फीमा रमाएका थिए ।

उनीहरुको निकटता हेर्दा, विगतको टकराव भुलिसकेको महसुस गर्न सकिन्थ्यो । चलचित्र विकास बोर्डको बाषिर्कोत्सवको अवसरमा बोर्डका कर्मचारीहरुलाई सम्मानित गरियो । यस्तै, नायिकाहरुले बोर्ड अध्यक्ष निकिता पौडेलको साथमा केक समेत काटेका थिए । चलचित्र विकास बोर्डले हरेक बर्षको असार १६ गतेलाई आफ्नो बाषिर्कोत्सवको रुपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment