Comments Add Comment

विश्वकपमा स्पेन बलियो बन्न सक्ने ६ आधार

काठमाडौं । विश्वकप क्वार्टरफाइनल प्रवेशका लागि आइतबार बेलुका पौने ८ बजे स्पेनले रसियाको सामना गर्दै छ ।

समूह चरणमा पहिलो खेलमा साउदी अरेबियालाई ५-० साथै दोस्रो खेलमा इजिप्टलाई ३-१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३-० ले पराजित भएको थियो । स्पेन पहिलो खेलमा पोर्चुगलसँग ३-३ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा इरानलाई १-० ले हराएको थियो । स्पेनले तेस्रो खेलमा मोरक्कोसँग २-२ को बराबरी गरेको थियो ।

समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगे पनि स्पेनिस टिमको उत्कृष्ट फुटबल भने समूह चरणमा देखिएको थिएन ।

समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन र गोलकिपरको कमजोरी देखिएको थियो । यसैले विश्वकप सुरु हुनुअघि कमजोर मानिए पनि रसियाकै मैदानमा स्पेनलाई सहज छैन ।

स्पेनिस टिममा आफ्नो खेल क्षमताको विश्वास भने देखिन्छ । रसियालाई हराएर क्वाटरफाइनलमा पुग्ने स्पेनिस टिम राम्रो बन्ने आधार के हुन त ?

खेलमा फर्कने क्षमता

स्पेनिस टिममा पछि परेको अवस्थामा पनि खेलमा र्फकन सक्ने क्षमता राम्रो छ । समूह चरणका खेलमा इरान र मोरक्कोसँग उत्कृष्ट खेल देखाउन नसकेको स्पेनले पोर्चुगलसँग बराबरी खेल्दा पनि खेलमा धेरै उलटपुलट भएका थिए ।

पोर्चुगल र मोरक्कोसँगको खेलमा देखाएको धैर्यताले स्पेनिस टिमको खेलमा फर्कने क्षमता देखिन्छ ।

इस्कोको प्रदर्शन

इस्को स्पेनिस टिममा अहिले मुख्य खेलाडी हुन् । हरेक खेलमा स्पेनको नियन्त्रण बनाइ राख्न उनको भूमिका प्रमुख छ । स्पेनको पछिल्लो १५ खेलमा भएका १२ गोलमा इस्कोको प्रत्यक्ष भूमिका छ । जसमा उनले १० गोल गरेका छन् । दुई गोलका लागि पास मिलाएका छन् । उनी खेललाई परिवर्तन गर्ने क्षमतामा पनि अब्बल छन् ।

आफ्नो गल्तीबारे जानकार खेलाडी

समूह चरणका खेलमा देखिएको डिफेन्स कमजोरीबारे खेलाडीहरु आफैले प्रश्न उठाएका थिए । गोलकिपर र डिफेन्स लाइनमा सुधार गरेर बढ्नुपर्ने उनीहरुको भनाइ थियो । यसैले उनीहरु गल्तीमा ध्यान दिएर सुधारमा लागेका पनि छन् ।

समूह विजेता बनेको फाइदा

अन्तिम खेलसम्म विश्वकपबाटै बाहिरिने हो कि भन्ने डर रहेपनि स्पेनले समूह विजेताका रुपमा अघिल्लो चरणमा स्थान बनाएको हो । विश्वकपमा सबै टिम कठीन नै हुने भए पनि तुलनात्मक रुपमा स्पेन सजिलो प्रतिस्पर्धीहरुसँग परेको छ ।

उत्कृष्ट पास र अवसर

स्पेन जारी विश्वकपमा सबैभन्दा राम्रो पास खेल्ने टिम हो । २ हजार ८९ पास सहि भएको स्पेनिस टिमविरुद्ध रसियालाई चुनौती पनि उनीहरुको पास गेम नै हो । साथै पोस्टमा भएका आक्रमण र गोलका अवसर पनि रसियाको भन्दा स्पेनको राम्रो देखिएको छ । स्पेनले समूह चरणमा ४२ पटक गोलका अवसर बनाएको थियो ।

धेरै गोल गर्ने चौथो टिम

समूह चरणका खेलमा धेरै गोल गर्ने टिममा स्पेन चौथो स्थानमा छ । ६ गोल गरेको स्पेनभन्दा अघि नौ गोल गरेको बेल्जियम, आठ गोल गरेका इंग्ल्याण्ड र रसिया छन् । स्पेनका कोस्टाले तीन गोल गरेका छन् । साथै इस्को, इयागो आसपास र नाचो फर्नान्डेजले एक/एक गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment