Comments Add Comment

रसियन पिज्जामा रोनाल्डो र स्वारेजको अनुहार

काठमाडौं । रसियामा विश्वकप फुटबलको रौनक चढिरहेका बेला केहीले फरक कामबाट मानिसहरुको ध्यान तानेका छन् ।

यस्तैमा रसियाको एक होटलका कुकले खेलाडीको अनुहार भएको पिजा बनाएर ग्राहकको सेवा गरिरहेका छन् ।

रसियाको सेन्ट पिटर्सवर्गमा रहेको होपहेड टाप रुम बारका भ्यालेरी माक्सिमचिकले विश्वकपमा शनिबार राति उरुग्वे र पोर्चुगलको खेल हुने भएकाले दिनभर लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डोको आकृति भएको पिजा बनाएका थिए ।

यसरी मेहनत गरेर पिजामा खेलाडीको अनुहार बनाउँदा एउटा पिजा बनाउन दुई घण्टा समय लाग्ने उनले बताएका छन् ।

‘यसबाट हामीले खेल र विश्वकपलाई समर्थन गरिरहेका हौँ’ उनले भने, ‘मेरो मुख्य काम पिजा बनाउने नै हो । पिजामा केही नयाँ नयाँ कुरा गर्दा मलाई रमाइलो लाग्छ । यो मेरो शोख पनि हो ।’

उनले रसियन प्रशिक्षक स्तानिस्लाभ चेर्चेस्वोभसँगै खेलाडीहरु आर्तेम डेजुबा र फेडोर स्मोलोभको अनुहार पनि पिजामा बनाएका छन् । साथै रसियाले विश्वकप जितेमा हरेक खेलाडीको आकृतिमा पिजा बनाउने वाचा उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment