Comments Add Comment

दुलही शिल्पा


असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’ले नायिका शिल्पा पोखरेलको करिअर बोल्नेछ । निर्माता छविराज ओझाको ब्यानर भन्दा बाहिर चल्न नसक्ने आरोप शिल्पालाई लागेको छ । यो आरोपबाट मुक्त हुन पनि शिल्पाको यो चलचित्र चल्नैपर्छ ।

चलचित्रमा शिल्पा र नायक अनुप विक्रम शाहीको मुख्य भूमिका छ । दुबै कलाकार चलचित्रमा शसस्त्र प्रहरीको भूमिकामा देखिएका छन् ।
चलचित्रमा नायिका शिल्पा पोखरेल दुलहीको भेषमा रहेको तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।

शिल्पा र अनुप दुलाहा-दुलही भएको तस्बिर सार्वजनिक गर्दा चलचित्रको हाइप बढ्छ भन्ने सोच यसको निर्माणपक्षको होला । नायक अनुप विक्रम शाहीले चलचित्रको प्रमोशनमा समय दिन नसकेपछि यसको निर्माणपक्षले उनको बेहुला बनेको तस्बिर सार्वजनिक गरेको हो । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा घोडा र बाँदरको पनि अभिनय छ ।

फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment