Comments Add Comment

बेल्जियमले १६ गोल हाने टीभीको पैसा फिर्ता

काठमाडौं । बेल्जियमका फरवार्ड ड्राइस मेर्टेन्सले आफ्ना साथीहरुलाई निःशुल्क टेलिभिजन दिलाउनका लागि विश्वकपमा धेरै गोल गर्न चाहेको बताएका छन् ।

बेल्जियमको इलेक्ट्रोनिक्स कम्पनी क्रिफेलले बेल्जियमका ग्राहकलाई टिमले रुस विश्वकपमा १६ गोल गरेमा नयाँ किनिएको टेलिभिजनको पैसा फिर्ता दिने घोषणा गरेको छ ।

बेल्जियमले विश्वकपमा अहिलेसम्म समूह चरणका तीन खेलमा ९ गोल गरेको छ । त्यसमध्ये एक गोल मेर्टेन्सले गरेका हुन् ।

‘मेरो साथीले नयाँ टेलिभिजन किनेका छन्, त्यसैले मैले यसबारे सोचेको छु । रोमेलु लुकाकु र इडन हर्जाडजस्ता क्षमतावान खेलाडीको साथमा हामी हाम्रा साथीहरुलाई निःशूल्क टेलिभिजन दिन सक्ने छौँ’ उनले भने ।

बेल्जियमले अन्तिम १६ मा सोमबार राति पौने १२ बजे जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment