Comments Add Comment

रौतहटका दुई दर्जन बस्तीहरु जोखिममा

१८ असार, रौतहट । दुई दिनदेखि परिरहेको वर्षका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाँउहरु बाढीको जोखिममा परेका छन ।

लगातारको वर्षाका कारण कारण रौतहको पूर्वपट्टी रहेको वाग्मती र पश्चिममा रहेको लाल बकैया नदीको जलस्तर निकै वृद्धि भएको छ ।

चुरे तथा पहाडी क्षेत्रमा भएको अविरल वर्षाले गर्दा बाग्मती र लाल बकैया नदीमा जलस्तरमा बृद्धि भएपछि सम्भावित बाढी र त्यसबाट हुने खतराबाट रौतहटबासी त्रसित बनेको छन् ।

लाल बकैया नदीमा बाढी आएपछि बौधीमाई नगरपालिका-२ इनर्वाको बाधमा क्षति पुगेको छ । बकैया नदीले इनर्वामा रहेको बाधमा १५ फिट कटान गरेको छ । सो बाधको चौडाइको १ मिटर भाग मात्र भत्कीन बाँकी भएपछि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीयलाई सुरक्षित स्थानमा जान अपील गरेका छन ।

गत वर्षको बाढीमा भत्किएको बाँधलाई जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयबाट २०० मिटर कच्चीरुपमा मर्मत गरिएको थियो ।

वर्षा शुरु हुने अन्तिम समयमा बाँध मरम्तको काम अगाडि बढेको थियो । सोमबार विहान आएको बाढीको भेलले मर्मत गरिएको बाधको एक स्थानमा १५ फिट कटान गरेको छ । ‘बाध भत्किन १ मिटर मात्रै बाँकी रहेको छ ।’

बौधिमाई नगरपालिकाका मेयर राजिवरंजन यादवले भने, ‘भर्खरै माटो भरेर मर्मत गरेको बाँध बाढीले कटान गरेको छ । बाँध मर्मतको काम अझै पूरा हुन सकेको थिएन ।’ बाँध भत्किको खण्डमा हुने सम्भावित क्षतीलाई ध्यानमा राख्दै नदी किनारका बस्तीका स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्न लागिएको उनले बताए ।

बाँध कटान भएको खबर पाउना साथ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितको जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीका टोली उक्त स्थानमा पुगेको छ ।

स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य लागि बन्दोबस्त मिलाउने कार्य भइरहेको तथा सुरक्षाकर्मीहरुलाई समेत सो क्षेत्रमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

बाँध भत्किएमा इनर्वा, इनरवारी, पिपरिया, कोपवा, बसन्तपटी, अजगैवी लगायत स्थानका हजारौ घर परिवारहरु प्रभावित हुने खतरा रहेको छ ।

उच्च जोखिममा रहेको यस भेगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई डुंगासहितको टोली त्यसतर्फ परिचालन गरिसकेको जानकारी दिदै प्रजिअ रिजालले खोलामा पानी अलि कम भएमा बाँसको पाइलिंग गरेर जालीमा माटोबोरा हालेर कटान कार्यलाई नियन्त्रण गर्ने बताए ।

अहिलेसम्म २५ हजार बोरा पठाइसकेको अझै ५० हजार गौरबाट त्यस तर्फ पठाउने कार्य भइरहेको समेत उनले भने ।

रौतहटको वागमती नदीमा पनि जलस्तर निकै बढेर गएकोले खोला किनारका बासिन्दाहरुलाई सतर्क भएर बस्न जिल्ला प्रशासन कार्यालय रौतहटले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment